सान्तुईको दशै तिहार स्किम
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
October 21, 2020

सान्तुई हेभी इक्विपमेन्टको नेपालका लागि आधिकारिक बितरक युनाईटेड इन्फ्रा इक्विपमेन्टले दशै तिहार स्किम सार्वजनिक गरेको छ । उक्त स्किम अन्तर्गत सान्तुई ब्रान्डका हेभी इक्विपमेन्ट खरिद गर्दा ग्राहकले १८० दिनको क्रेडिट एलसी, २ हजार घण्टासम्म सम्पूर्ण सर्भिसिङ फिल्टर सित्तैमा र १ बर्ष अर्थात २ हजार घण्टाको वारेन्टीपछि थप १ बर्षसम्म मर्मत निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

यसका डोजर, रोलर, कम्प्याक्टर जस्ता इक्विपमेन्ट नेपाली बजारमा कारोबार भइरहेको छ । डोजर उत्पादन र बिक्रीमा विश्वकै अग्रणीमध्ये एक मानिने सान्तुईले विश्वका अधिकांश राष्ट्रहरुमा बजार विस्तार गर्न सफल भएको छ ।

बलियो तथा मजवुत इन्जिन, उच्च पर्फमेन्स, इन्धन किफायती र बिक्री पछिको सेवा सहज भएका कारण यी इक्विपमेन्टको बजार बिस्तार हुन सफल भएको कम्पनीको भनाइ छ ।