सवारी साधनलाई रंगबाट कसरी बचाउने ?
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
March 29, 2021

होली तथा अन्य चाडपर्व विना रंग रमाइलो हुँदैन । होलीमा मानिसहरु एक आपसमा विभिन्न किसिमका रंग लगाई पर्व मनाउँछन् । यसले जीवनमा रंग र तरंग दुबै मिलेको हुन्छ । यद्यपी कोभिडका कारण सार्वजनिक रुपमा होली खेल्न पहिलेको जस्तो रौनक छैन् । तर पनि रंगको सामना गर्नु पर्ने हुन्छ । सवारी साधनमा रंग खसेपछि समस्याको सामना गर्नु पर्छ । होली होस या अन्य पर्व विभिन्न समयमा सवारी साधनलाई कसरी बचाउने बारे केही सजिलो टिप्स दिइएको छ ।

उचित स्थानमा पार्किङ
यदि तपाईसंग पार्किङ स्थल छ भने कुनै चिन्ता छैन् । तपाई आफ्नो सवारी साधनलाई सुरक्षित पार्किङ गर्न सक्नु हुन्छ । खुलामा पार्किङ गर्दा तपाईको सवारी साधनमा रंग पर्न सक्छ । तपाई खुला स्थानमा हुनुहुन्छ भने पार्किङको समस्या आउन सक्छ । पूर्व सावधानीको लागि पनि बहिरा हुँदा पार्किङका लागि उचित ठाउँ व्यवस्था गर्नु पर्छ ।

वाटरप्रूफ कभर
वाटरप्रफ कभर किनि तपाई आफ्नो सवारी साधन धाक्नु पर्छ । तर यसमा प्वाल छ÷छैन सुनिश्चित गर्नुपर्छ । जसले सवारी साधनलाई सुरक्षित राख्न सहज हुन्छ । वाटरप्रफ कभरले एक तिर रंगले बचाउँछ भने अर्को तिर घामपानीबाट पनि बचाउँछ ।

वाक्स पोलिशको प्रयोग
यदि तपाई आफ्नो गाडीमा पहिलेदेखि नै ट्याफ्लान कोटिङ गराउनु भएको छैन भने पहिले वाक्स पोलिश गराउनु पर्छ । वाक्स पोलिशले पुराना तेल पेन्ट तथा स्थायी रंगका सवारीसाधनको उपरी परतको पेन्टमा जम्नबाट बचाउँछ । जसबाट तपाईको सवारी साधन सुरक्षित हुन्छ ।

तपाईको सवारीमा खिया लागेको त छैन् ?
तपाइको सवारी साधनको राम्ररी नियमित जाँच गर्नुपर्छ । सवारी साधनमा कुनैपनि ठाउँमा सानो रुपले खिया लागेमा तुरुन्त क्लिनिङ सोल्यूसनबाट सफा गराउनु पर्छ । त्यसपछि मात्रै त्यसमा पेन्ट या पोलिश गर्नुपर्छ । यो सुरक्षात्मक परतको रुपमा काम गर्छ र सवारी साधनलाई बचाउँछ ।

यदि रंग लाग्यो भने के गर्ने ?
यदि तपाईको सवारी साधनमा कँहीबाट पनि रंग लागिहल्यो भने पहिला राम्ररी धुने र वाक्सिङ गराउनु पर्छ । पहिले सवारी साधनबाट लागेको रंग छुटाउन प्रिमियम गुणस्तरको वाशिङ श्याम्पुको प्रयोग गर्नुपर्छ । त्यसपछि सवारी साधनलाई चम्काउन गुणस्तरीय पोलिश प्रयोग गर्नुपर्छ ।