सवारी साधनका लागि पास नचाहिने
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005....)
April 30, 2021

काठमाडौं उपत्यकाभित्र वैशाख १६ देखि २२ गतेसम्म पहिलो चरणमा निषेधाज्ञा हुनेछ भने मन्त्रिपरिषदले निषेधाज्ञा कम्तीमा १५ दिन गर्न भनेकोले वैशाख २२ गतेपछि पनि निषेधाज्ञा जारी रहने बताइएको छ ।
निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकामा वैवाहिक कार्यक्रम गर्दा प्रयोग गरिने सवारी साधनका लागि पास नचाहिने भएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको थप आदेशमा यो व्यवस्था गरिएको छ ।
तर उक्त सवारीमा दुलहा–दुलही पनि हुनुपर्नेछ भने १५ जनासम्म जन्ती जान पास नचाहिने भएको छ । तर पार्टी प्यालेस सञ्चालन गर्नुपर्ने भए जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्नेछ । साथै बैक तथा वित्तीय संस्था, वीमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोवार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरू सम्बन्धित कार्यालयको परिचय पत्रका आधारमा सञ्चालन हुन पाउनेछन्।

यस्तै कुरियर र डाँक सेवालाई पनि अत्यावश्यक सेवामा राखिएको छ।