सवारीसाधनको आयात घटेको
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
July 29, 2020

अर्थिक बर्ष २०७६/७७ को अन्तिम समय आषाढ मसान्तसम्मको अबधि कोरोना महामारीका कारण अबरुद्ध बनेपछि यसको असर सवारी साधन र यसका पार्टपूर्जा आयातमा देखिएको छ ।
उक्त अवधिमा व्यवसायीले एलसी नखोल्दा आर्थिक बर्ष २०७६/७७ मा आयात भएका सवारीसाधनको आँकडा अघिल्लो बर्षको तुलनामा ४६ प्रतिशत हाराहारीले घटेको छ । अघिल्लो आर्थिक बर्ष ४१ हजार भन्दा धेरै चारपाङ्ग्रे साधन आयात भएकोमा गत बर्ष यो २२ हजारको हाराहारीमा मात्र आएको तथ्यांक छ ।
यस अवधिमा हजार सीसीसम्मका गाडीको आयात ५० प्रतिशतभन्दा धेरैले घटेको छ ।
त्यसमाथि १५ सय सीसीसम्मका गाडी पनि अघिल्लो वर्षको भन्दा करिब साढे १८ सय कम भित्रिएको छ । देशका खासगरी तराई क्षेत्रका शहरहरुमा यातायातको लोकप्रिय साधन बन्दै गएको अटो रिक्साको आयात पनि गत वर्ष साढे ५३ प्रतिशतले घटेको छ ।