सर्भिसिङ र पार्ट्समा कुनै समस्या छैन ।
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005....)
January 31, 2021

उज्वल जोशी, जनरल म्यानेजर
एसएलआर टेक्नो एण्ड टे«ड प्राली.

एसएलआर टेक्नो एण्ड टे«ड प्रालीले बिगत २ वर्षदेखि बिक्री गर्दै आएको डर्ट बाइक एमएच-२०० एक्स अफरोड वाइकको रुपमा लोकप्रिय हुदै गएको कम्पनीले जनाएको छ । अहिले अफरोड क्रेज बढ्दै गएको छ । जसले गर्दा यो वाइको माग पनि दिन प्रतिदिन बढ्दै गएको छ । निर्माता कम्पनीले यो वाइकको नियमित अपडेट र अपग्रेड गरिरहेको छ । अपग्रेड भएको वाइक नेपालमा वितरक कम्पनीले मंसिरदेखि बिक्री गरेको हो ।
यो २०० सिसिको डर्ट वाइक हो । यसले १५ विएचपी ८००० एमपीको पावर जेनेरेट गर्छ भने यसले १५.५ एन एम ६५०० आरपिएमको टर्क उत्पादन गर्छ । जसले यो पावरफुल वाइक हो भन्ने फिलिङस् उपभोक्तालाई दिलाउँछ । यो बाइक प्रति घण्टा १०० किलोमिटरसम्म दौडिन्छ । यसमा ६ गियर छ भने १२ लिटरको पेट्रोल टैंक छ । डर्ट वाइकमा बढीमा ७ लिटरसम्मको मात्रै टैंक हुन्छ । यो वाइक गरुङ्गो नहोस भनेर यसमा कम लिटरको पेट्रोल टैंक राखिएको हुन्छ । तर लामो दुरीको यात्रा गर्न पनि सहज होस भनेर १२ लिटरसम्मको राखिएको हो ।
यसमा भएको एलिडी सिग्नल लाइट, एलडी हेड लाईट, डिजिटल स्पिडोमिटरका कारण नाइट भिजन राम्रो हुन्छ । क्लियर भिजनका कारण राती वाइक चलाउँदा पनि दुर्घटनाको डर हुदैन । यसमा डाइमेन्सनको कुरा गर्दा २०८० एमएम लम्बाइ, ७८० एमएम चौडाई र ११५० एमएमको यसको उचाइ हुन्छ । यसको सिटको उचाइ ८१० एमएम मात्रै हुने भएकोले नर्मल हाइट भएका राईडरको लागी पनि यो वाइक उपयुक्त हुन्छ ।
अफरोडलाई समेत फोकस गरेर तयार पारिएको हुनाले यो वाइकको सस्सपेन्सन राम्रो छ । यसमा इन्र्भटेड सकको प्रयोग हुन्छ । जुन सकले वाइकलाई अफरोड राइडिङमा सहज बनाउछ । यसमा लङ ड्राइभ गर्दा पनि थकाइ लाग्दैन । त्यस्तै यसमा खासै सक लिकेजको समस्या पनि हुदैन । डर्ट वाइक भएको कारण यसमा गोटिवाला टायरको प्रयोग हुन्छ । यसमा वाइक स्टार्ट गर्नको लागी विद्युतिय स्विचको प्रयोग भएको हुन्छ । यसमा किक हानेर स्टार्ट गर्ने सिस्टम हुदैन । जाडोमा चिसोका कारण वाइक स्टार्ट नभएको खण्डमा यसको चोक तानेर वाइक स्टार्ट गर्न सकिन्छ । त्यस्तै जाममा इन्जिन अफ गर्नु परेको खण्डमा यसमा भएको किल स्विचको प्रयोग गर्न सकिन्छ ।
नेपालको यो बितरक कम्पनीलाई चाइनाको मोटरहेड वाइक उत्पादन गर्ने कम्पनीले आधिकारिकता दिएको हो । वितरक कम्पनीले नेपालमा १५ वटा डिलर मार्फत वाइकको बिक्री र बिक्री पछिको सेवा उपलब्ध गराइरहेको छ । उपत्यका बाहिरका सबै डिलरमा कम्पनीले सर्भिस र स्पेयर पनि उपलब्ध गराएको छ । उपत्यकामा कम्पनीले मित्रपार्क, टेकु, बालाजु, धोविधाट र सल्लाघारीमा आउटलेटको स्थापना गरी वाइकको बिक्री गरिरहेको छ । उपत्यका वाहिर पोखरा, वागलुङ इटहरी, सुर्खेत, बुटवल र दाङमा कम्पनीले डिलर मार्फत बिक्री गरिरहेको छ ।
नेपालमा अहिले मोटरहेड ब्राण्डका ७ मोडल उपलब्ध छन् । जसमा ५ मोडल अफरोड वाइक छन् । त्यसैले कम्पनीले पहाडी जिल्लामा पनि यसको डिलर स्थापना गर्ने योजना बनाएको छ । फलस्वरुप संखुवासभामा चाँडै डिलरको स्थापना गर्ने तयारी कम्पनीले गरेको छ । कम्पनीले वाइकको इन्जिनमा २ वर्ष वा २० हजार किलोमिटर सम्मको वारेन्टी दिएको छ । कम्पनीले यो वाइकमा १२ सर्भिसिङमा ७ वटा फ्रि सर्भिसिङ दिएको छ । यो वाइकसँगै ६० प्रतिशत स्पेयरपार्ट्स पनि आउने हुनाले वाइको सर्भिसिङ र पार्ट्समा कुनै खालको समस्या छैन ।

उपत्यकाका आउटलेट मध्ये बालाजु, धोविघाट र सल्लाघारीमा बिक्रीको अतिरिक्त सर्भिसिङको सेवा पनि उपलब्ध छ । कम्पनीले सर्भिस सेन्टर नभएका स्थानहरुमा रोड साइड एसिस्टेन्स सेवा संचालन गरेर वाइकको बिग्रेको स्थानमै सर्भिसिङ गर्ने सेवा पनि दिएको छ । कम्पनीको अनुभवमा यो वाइक २२ वर्ष देखि ४५ वर्ष सम्मका उपभोक्ताहरुको रोजाइमा परेको छ ।
४ वर्षमा यो ब्राण्डका १५०० वाइक बजामा बिकेका छन् । पछिल्ला केही महिनाको बिक्री गत वर्षको भन्दा धेरै छ । जसमा एमएच-२०० को माग राम्रो छ । यसको मुल्य र पावर को कारण पनि यो वाइक धेरै उपभोक्ताको रोजाइमा परेको छ । यसको मुल्य अहिले ३ लाख ७५ हजार रुपैया कायम गरिएको छ । कम्पनीले हरेक वर्ष वाइक अपग्रेड गर्दै गएका कारण यो वाइक कम मुल्यमा पाइने राम्रो डट वाइकको क्याटागोरीमा परेको कम्पनीले जनाएको छ ।
चाइनाको फिगो कम्पनी डट वाइक उत्पादनमा फेमस छ । यसले धेरै देशमा यो वाइकको बिक्री गर्दै आएको छ । यसमा भएको पावर, पफरमेन्सका अतिरिक्त यसको २९० एमएमको ग्राउण्ड क्लियरेन्सले पनि यसलाई पुर्ण अफरोड वाइक बनाएको छ ।