सरकारलाई ज्योति ग्रुपको सहयोग
Auto Nepal, Nepal's No. 1 Auto Magazine (Since 2005....)
April 8, 2020

ज्योति ग्रुप र ज्योति ग्रुप अन्तर्गतको नेपालमा होन्डा बाइक तथा गाडी आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सरकारलाई १० थान होन्डा ब्याकप्याक स्प्रेयर सहयोग गरेको छ ।

ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योतिले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ती सामग्री हस्तान्तरण गरे ।

विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथाममा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ सो सहयोग गरिएको ज्योतिले बताएका छन् ।

उक्त होन्डा ब्याकप्याक स्प्रेयर सार्वजनिक क्षेत्रलाई कीटाणुरहित गर्न र भाइरसलाई फैलिनबाट नियन्त्रण गर्न प्रयोग गर्न सकिन्छ ।

Photo: Facebook