संसारमा सबै भन्दा सस्तो इलेक्ट्रिक कार सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
March 21, 2021

पेट्रोल र डीजलको बढेको मूल्यबाट सर्वसाधरण आजित भएका छन् । यसको विकल्पमा इलेक्ट्रिक सवारी साधनले सर्वसाधरणको ध्यान खिचेको छ । इलेक्ट्रिक भेहिकल्सका बढ्दो माग अनुसार अटो निर्माता कम्पनीले विभिन्न इलेक्ट्रिक सवारी साधन सार्वजनिक गरिरहेका छन् । भारतीय कम्पनी स्ट्रोम मोटर्सले एन्ट्री लेभल इलेक्ट्रिक कार स्ट्रोम आर ३ सार्वजनिक गरेको छ । कम्पनीले यो कार विश्वको सबै भन्दा सस्तो इलेक्ट्रिक कार भएको दाबी गरेको छ । स्ट्रोम मोटर्सले स्ट्रोम आर ३ साल २०१८ मा सार्वजनिक गरेको थियो ।

कम्पनीको अनुसार यो वर्ष बुकिङ गरे २०२२ मा कार डेलिभरी हुने जनाएको छ । रिपोर्टको अनुसार चार दिनमा कम्पनीले ७.५ करोड भारतीय मूल्य बराबार १ सय ६५ यूनिट्सको बुकिङ गरिसकेको छ । स्ट्रोम आर ३ तीन पाङग्रे र २ ढोका भएको इलेक्ट्रिक कार हो । यो कारमा अगाडी २ र पछाडी १ पाङ्ग्रा प्रयोग गरिएको छ । यसमा रिभर्स ट्राइक कन्फिगरेशनका प्रयोग गरिएको छ । यो इलेक्ट्रिक कार खास गरी शहरी क्षेत्रका लागि निर्माण बनाइएको छ । युनिक डिजाइनमा बनाएको कारमा मस्कुलर फ्रन्ट बम्पर, एलईडी लाइट्स, रियर स्पाइलर, सनरुफ जडान गरिएको छ ।

स्ट्रोम आर ३ कारमा इलेक्ट्रिक मोटर र लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । जुन २० बीएचपीका पावर ९० एनएम टर्क जेनेरेट प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा रिजनरेटिब ब्रेकिङ सिस्टम तथा ३ ड्राभिङ मोड इको, नर्मल र स्पोट्स दिइएको छ । कम्पनीले यो कार टप स्पीड ८० किलोमीटर प्रति घण्टा गुड्ने दाबी गरेको छ । यो कार एक पटक फुल चार्ज गर्न ३ घण्टा समय लाग्ने कम्पनीले जनाएको छ । कार एक पटक फुल चार्जमा २ सय किलोमीटर सम्म रेन्ज दिन्छ । यो कार १२० किमी, १६० किमी र २०० किमीको ३ ड्राभिङ रेन्जमा पाइने छ । यो कार चलाउने व्यक्तिले ३ सालमा ३ लाख बढी भारतीय रुपैयाँ बचत गर्ने कम्पनीको दाबी रहेको छ ।

यो कम्प्याक्ट ईवीमा एडजस्टेबल ड्राइभर सीट, ४.३ इन्च डिजिटल इन्स्टुमेन्ट कन्सोल, रिमोट किलेस एन्ट्री जस्ता विशेषता रहेको छ । साथै यो कारमा आइओटी इनेबल्ड कन्टिन्यूस मोनटरिङ सिस्टम र ४ जी कनेक्टिभिटी, जेस्चर कन्ट्रोल, २० जीबी अनबोर्ड म्यूजिक स्टोरेज तथा टर्न वाइ टर्न नेविगेशनको साथ ७ इन्चको वर्टिकल टचस्क्रीन इन्फोटेन्टमेन्ट दिइएको छ ।

स्ट्रोम आर ३ इलेक्ट्रिक कारमा फ्रन्टमा दुई हाइड्रोलिक डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक लगाइएको छ । कम्पनीले यो कार एन्ट्री लेभल भएकोले ३ साल तथा एक लाख किलोमिटर गुड्ने सम्म वारेन्टीको व्यवस्था गरेको छ । हाल ३ रंग इलेक्ट्रिक ब्लू, नियोन ब्लू, रेड र ब्ल्याकमा पाइने छ । यस इलेक्ट्रिक कारको सुरवाती मूल्य ४ लाख ५० हजार भारतीय रुपैयाँ तोकिएको छ ।