वुमन मोटरसाइक्लिङ इन नेपाल सम्मेलन हुने
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
June 27, 2020

नेपालमै पहिलोपटक आगामी जुन २८ मा वुमन मोटरसाइक्लिङ इन नेपाल (Women Motorcycling in Nepal) शीर्षकको सम्मेलन समेत जुम एपमार्फत हुन गइरहेको छ।

नेपालको अटोमोबाइल, पर्यटन, यातायात र खेलकुदमा नयाँ प्रोडक्टको रुपमा आइरहेको मोटरसाइकल र महिला बारे उक्त वेबिनारले एउटा प्रष्ट अवधारणा अगाडि ल्याउने छ ।

वुमन इन्टरनेसनल मोटरसाइकल एसोसिएसन (WIMA) की अध्यक्ष आसा अक्भिस्ट, फेडरेसन इन्टरनेसनल मोटोसाइक्लिजम (एफआईएम) की निता कोरहोनेन र प्रतिनिधि सभा सदस्य रामकुमारी झाक्री अतिथि वक्ता हुनेछन । त्यसैगरि माउन्टेन स्पोर्ट्स फेडरेसन नेपालका अध्यक्ष गोविन्द भट्टराई, नासा नेपालका सन्तोष न्यौपाने र बिनोद तण्डुकार लगायतको प्रस्तुति हुनेछ ।

वुइ (WIMA) मा नेपालको संयोजनमा हुने सो वेबिनारमा अध्यक्ष सुनिता देशार तथा कोषाध्यक्ष सोनी तण्डुकारले नेपालमा महिला मोटर साइक्लिस्टको बारेमा प्रस्तुति गर्नेछन् । सो वेबिनारका संचालक नेपालका चर्चित बाइकर तथा नेपाल मोटरसाइकल फेडेरेसनका प्रमोद श्रेष्ठ (गुफी) हुनेछन । नेपालमा सम्भवत संसारमै पहिलो पटक हुन लागेको यस किसिमको वेबिनारलाई एफआईएम, वुइ (WIMA) मा वर्ल्ड, माउन्टेन स्पोर्ट्स फेडरेसन नेपाल, नासा नेपाल र हिमालयन इन्फिल्डर्सको साथ र सहयोग रहेको छ ।

Email: info@eautonepal.com