रोयल इन्फिल्डका दुइ नयाँ मोटरसाइकल सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
March 23, 2021

रोयल इन्फिल्डले अपडेटेड नयाँ कलरको २०२१ इन्टरसेप्टर ६५० र कन्टिनेन्टल जिटी ६५० मोटरसाइकल सोमबार भारतीय बजारमा सार्वजनिक गरेको छ । दुबै मोटरसाइकल एमआइवाइ सुविधामा पाइने छ । अब ग्राहकले रुची अनुसार मोटरसाइकललाई कस्टमाइज गर्न सक्ने छन् ।
नयाँ एमआइवाइको सुविधा अनुसार सीट, सम्प गार्ड, टूरिङ मिरर, फ्लाई स्क्रीनका साथै अरु इक्यूपमेन्ट कस्टमाइज गर्न सकिने छ ।

नयाँ इन्टरसेप्टर ६५० अब दुई नयाँ स्ट्यान्डर्ड सिङ्गल टोनमा क्यान रेड र बेन्चुरा ब्लू रंगमा उपलब्ध छ । त्यसैगरी ड्यूल टोनमा डाउनटाउन ड्र्याग र सनसेट स्ट्रिपमा पनि उपलब्ध छ । कन्टिनेन्टल जिटी ६५० पाँच नयाँ रंगमा उपलब्ध छ । रकर रेड स्ट्यान्डर्ड र ब्रिटिश रेसिङ ग्रीन स्ट्यान्डर्डमा उपलब्ध छ । यी मोटरसाइकलमा पहिलेको जस्तै ६४८ सीसी एयर ओयल कूल्ड प्यारालाल ट्वीन इन्जिन राखिएको छ । इन्जिनले ४७.६५ पीएस पावर र ५२ एनएमको पीक टर्क जेनेरेट गर्छ । यी इन्जिन ६ स्पीड गियरबक्स तथा स्लिपर क्लज स्ट्यान्डर्ड अवस्थामा उपलब्ध छ ।

नयाँ रोयल इन्फिल्ड इन्टरसेप्टर ६५० को मूल्य २ लाख ७५ हजार ४ सय ६७ भारतीय रुपैयाँ तोकिएको छ । कस्टम कलर भेरियन्टमा २ लाख ८३ हजार सय ९३ र क्रोम भेरियन्टमा २ लाख ९७ हजार १ सय ३३ भारु तोकिएको छ ।
रोयल इन्फिल्ड कन्टिनेन्टल जिटी ५६० स्ट्यान्डर्ड कलरवेज भेरियन्टको मूल्य २ लाख ९१ हजार ७ सय १, कस्टम थीम वेरियन्टको मूल्य २ लाख ९९ हजार ८ सय ३० र क्रोम भरियन्टको मूल्य ३ लाख १३ हजार ३ सय ६७ भारतीय रुपैयाँ तोकिएको छ ।