राइडर्स ट्रेनिङ इन नेपाल अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005....)
July 14, 2020

नेपालमै पहिलोपटक गत शुक्रबार जुममार्फत राइडर्स ट्रेनिङ इन नेपाल (Riders Training Program in Nepal) शीर्षकको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
सो वेबिनरमा नेपालमा ई–स्पोर्ट्स, मोटरसाइक्लिङ सेफ्टी, टुर एन्ड टुरिङ लगायत विषयमा प्रस्तुतिकरण र छलफल भएको छ ।नेपालको खेलकुद क्षेत्रको नयाँ प्रोडक्टको रुपमा आइरहेको मोटरसाइक्लिङ स्पोर्ट्समा उक्त वेबिनारले एउटा प्रष्ट अवधारणा अगाडि ल्याएको बताइएको छ ।
नासाका सचिव सन्तोष न्यौपानेले सञ्चालन गरेको सो वेबिनारमा नासाका उपाध्यक्ष सिताराम न्यौपानेले नेपालमा मोटरसाइक्लिङ स्पोर्ट्स र हालका दिनमा ई–स्पोर्ट्सको सम्भावना वारे प्रस्तुतिकरण गरेका थिए । नासाकै क्लब प्रतिनिधि विनोद तण्डुकारले मोटर स्पोर्ट्समा आवश्यक पर्ने सुरक्षा सामग्रीका वारेमा प्रस्तुति गरेका थिए ।
त्यसैगरी नेपाल मोटरसाइकल फेडरेसनका प्रमोद श्रेष्ठ गुफीले नेपालमा राइडिङ र सम्भावित टुरिङ गन्तब्यका विषयमा प्रस्तुतिकरण गरे भने अन्तर्राष्ट्रिय राइडर बिक्रम थापाले आफ्नो अन्तर्राष्ट्रिय राइडिङ अनुभव वारेमा जानकारी प्रदान गरेका थिए । वेबिनारलाई एफआईएम, माउन्टेन स्पोर्ट्स फेडरेसन नेपाल र नेपाल मोटरसाइकल फेडरेसन क्लबको साथ र सहयोग रहेको बताइएको छ ।