रमन मोटर्सले भारी छुट दिने
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005...…)
October 15, 2020

रनर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता रमन मोटर्सले दसैं तिहारलाई लक्षित गरी मोटरसाइकलको खरिदमा ५१ हजार सम्मको भारी छुट दिने भएको छ ।
कम्पनीले यो अहिलेसम्मकै उत्कृष्ट अफर रहेको दाबी गरेको छ । यसका साथै कम्पनीले मोटरसाइकल जगतमै सर्वाधिक ६ वर्ष वारेन्टीका साथ मोटरसाइकल तथा स्कुटर बिक्री–वितरण गर्दै आएको छ । कुनै पनि पुरानो मोटरसाइकलको एक्सचेन्ज गर्दा ३० हजार रुपैयाँ न्यूनतम मूल्यांकन गरिने समेत रमन मोटर्सले जनाएको छ ।
देशैभरी करिब २२ वटा शोरुमबाट ग्राहकले दसैं तिहार अंतर्गत ५१ हजार रुपैयाँसम्म छुटका साथ सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा पाउने बताइएको छ ।

Email: info@eautonepal.com