यो वर्ष कुन सवारी कति आए ?
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
August 28, 2020

२०७६ साउनको तुलनामा २०७७ साउनमा ३ अर्बको सवारीसाधन र तिनका पार्ट्सको आयात घटेको छ ।
गत वर्ष ७ अर्ब २८ करोडको आयात भएकोमा यो वर्ष ४ अर्ब २८ करोडको आयात भएको छ ।

लामो दूरीमा चल्ने २५ सिटभन्दा ठूला बस ७५ वटा आयात भएकोमा चालू आवमा २५ वटा आयात भएका छन् । पाँच महिनादेखि लामोदूरीको यातायात ठप्प हुँदा कमर्सियल भेहिकलको आयात र माग दुवै घटेको व्यवसायी बताउँछन् । मिनीबस १५ देखि २५ सिटसम्मका ४२ वटा आएका थिए भने यो वर्ष ३ वटा मात्रै आयात भएको छ । माइक्रोबस ११ देखि १४ सिटसम्मका ५१ वटा आयात भएकोमा यो वर्ष शून्य आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
प्यासेन्जर भेहिकल (कार) डिजेल इन्जिनका १५ सयभन्दा कमका ९९ वटा आएकोमा चालू आवमा ६७ गाडी मात्रै आयात भएका छन् । १५ सयदेखि २५ सय सीसीसम्मका ९० वटा गाडी आयात भएकोमा यो वर्ष ४३ वटा गाडी आयात भएका छन् । गत वर्ष २५ सय सीसीभन्दा माथिका २४ वटा आयात भएकोमा यो वर्ष ४ वटा मात्रै आयात भएको तथ्यांकले देखाएको छ ।
गत आवमा विद्युतीय गाडी २ सय ९० वटा आयात भएका थिए भने चालू आर्थिक वर्षमा शून्य आयात रहेको छ । हजार सीसीसम्मका अटो रिक्सा ७ सय ९ वटा रहेका छन् । यो वर्ष ४६ वटा मात्रै आयात भएको छ ।