युवावर्गमा हार्टफोर्डको आकर्षण बढ्दै
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 1, 2021

आकर्षक लुक्स र उच्च पर्फोमेन्सका कारण पछिल्लो समय नेपाली बजारमा हार्टफोर्ड बाइक प्रति अकार्षण बढेको छ । उच्च प्रदर्शन र टिकाउका लागि परिचित हार्टफोर्ड बाइक ताइवानको लोक प्रिया ब्राण्ड हो । विश्व चर्चित हार्टफोर्ड बाइक एशियाली र युरोपियन देशहरुमा सबैभन्दा लोकप्रिया छ । हार्टफोर्डले चीनमा उच्च बिक्री रेकर्ड बनाएको छ । हार्टफोर्ड बाइक ६० भन्दा बढी देशमा विक्री भइरहेका छ ।

हार्टफोर्ड बाइक पहिलो पटक सन १९९० को दशकमा नेपाल भित्र्याइएको थियो । हार्टफोर्डको भीआर मोडेलमा बाइक २००० को दशकमा पहिलो पटक आयात गरिएको थियो । नेपालमा ३ दशक पहिले भित्रिए पनि चाहे जस्तो सेवा सुविधा दिन नसक्दा बीचमा केही समय बाइक बिक्री शुन्य बराबर पुगेको थियो ।

होर्टफोर्ड बाइकको नेपालका लागि आधिकारिक विक्रेता इग्नीसन अटो प्रालीले विक्री र विक्री पछिको सुविधा स्पेयर, पार्ट्स तथा सर्भिसका लागि विशेष जोड दिएको छ । जसले गर्दा बाइक प्रति ग्राहकको आकर्षण बढेको छ । यस वर्ष हार्टफोर्ड बाइक एक हजार एकाई नेपालमा बिक्री गर्ने हार्टफोर्ड बाइकका सेल्स म्यानेजर समिर महर्जनले बताए ।

हार्टफोर्डको डर्ट बाइक, स्पेयर तथा पार्ट्स अन्य कम्पनी भन्दा सस्तो र सजिलै पाउन सकिने सेल्स म्यानेजर महर्जनले बताए । त्यस्तै हार्टफोर्ड बाइक अन्य बाइकको तुलनामा उच्च माइलेज तथा पर्फोमेन्स दिन्छ । हाटृफोर्ड भीआर १५० एचको नेपालमा ४ लाख ६५ हजार र हार्टफोर्ड भीआर २२० एचको ५ लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।

हार्टफोर्डको डर्ट बाइक भएकोले यसमा एबीएस सुविधा दिइएको छैन् । हार्टफोर्ड बाइकमा उच्च नियन्त्रणका लागि बिग फ्रन्ट टायर २१ इन्च, अगाडि, पछाडि डिस्क ब्रेक जडान गरएको छ । यो कम्पनीको बाइकमा छिटो ब्रेकिङ, आरामदायी सीट उचाइ, साइड स्ट्यान्डमा इन्जिन रोक्ने सेन्सर, नियन्त्रणका लागि फराकिलो रियर टायर सुनिश्चित गरिएको छ । हार्टफोर्ड भीआर १५० एच र हार्टफोर्ड भीआर २२० एचमा ४ भल्भ सोएचसी एयर कुल्ड, ओयल कुल्ड इन्जिन जडान गरिएको छ ।

जुन पर्फोमेन्स र टिकाउका लागि विश्व प्रशिद्ध छ । २०२० देखिको मोडेलमा कार्बोरेटर प्रयोग गरिएको छ । इएफआइको परिक्षण सकिएको छ जुन निकट भविष्यमा उपलब्ध हुनेछ । नेपालमा कम्पनीले २ बर्ष वा १२ हजार किलोमीटर दुरी तय गरेको बाइकमा वारेन्टीको व्यवस्था गरेको छ ।

हाल नेपालमा हार्टफोर्ड बाइक नयाबजार काठमाडौं, पोखरा, दमौली, नारायणघाट, धरान र सुर्खेतबाट विक्री भइरहेको छ । कम्पनीले केही महिनामा ४ थप डीलर थप्ने जनाएको छ । नयाँ वर्षको उपलक्ष्यमा कम्पनीले बाइक किन्दा विशेष छुट तथा आकर्षक गिफ्टको व्यवस्था गरेको छ ।