यामाहाको फ्रिडम इनिसिएटेड योजना सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
March 30, 2021

यामाहा नेपालले नयाँ वर्षका लागि प्रवद्र्धनात्मक फ्रिडम इनिर्सिटेड नयाँ वर्ष २०७८ योजना सुरु गरेको छ । कम्पनीले नयाँ वर्ष योजना अन्तर्गत विभिन्न पुरस्कार तथा खरिद सुविधाको योजना ल्याएको हो ।

ग्राहकले स्क्राच कार्ड मार्फत २ लाख ७ हजार ८ सय रुपैयाँसम्मका विभिन्न पुरस्कारहरु हरेक हप्ता प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकलाई थप सुविधा दिने उद्देश्यका साथ उत्कृष्ट वित्तीय योजना पनि प्रस्तुत गरेको यामाहा नेपालको दाबी छ । जसअनुसार मोटरसाइकल तथा स्कुटरहरु शुन्य प्रतिशत ब्याज वा न्यून डाउनपेमेन्ट र न्यून मासिक किस्ताको सुविधाका साथ पाउन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका सीइओ चिरञ्जीवी शाहले कोभिड १० का कारण सिर्जना भएको कठिन तथा संकुचित वातावरण थाती राखी नयाँ वर्ष २०७८ उत्साह र खुसयाली ल्याउने बताए ।