मोटर ¥यालीका म्यागेजिन पार्टनर अटो नेपाल
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
March 31, 2021

आन्तरिक पर्यटन प्रबद्र्धन, मोटर स्पोर्टस विकास गर्न तथा सुरक्षित यात्राको सन्देश दिनका लागि मोटर ¥याली आयोजना हुँदैछ । अटोमोबाइल एसोसिएसन प्रदेश ३ र चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको आयोजनामा अगामी चैत २० देखि २२ गते सम्म मोटर ¥याली हुनेछ । धार्मिक तथा पर्यटकीय क्षेत्र चितवन र मुस्ताङलाई राष्ट्र व्यापी चिनाउन आयोजना गरिएको ¥याली शुक्रबार देखि सुरु हुनेछ ।

३ दिने मोटर ¥याली चितवन देखि मुक्तिनाथमा सम्पन्न हुने मोटर ¥यालीका संयोजक तथा नेपाल एसोसिएसन प्रदेश ३ का अध्यक्ष राजन पियाले बताए । उनले ३० कारमा १ सय ३० जनाको सहभागिता हुने अपेक्षा गरेको बताए । चैत २० गते भरतपुर महानगरपालिका मेयर रेणु दाहालले नेपालको झन्डा फहराएपछि बिहान ७ बजे ¥याली प्रारम्भ हुनेछ । ¥यालीमा सहभागिलाई समय, दुरी र गतिबारे अर्थात टीडीएस आधारको सामान्य धारणको बानी बसाल्ने उद्देश्य रहेको छ । चितवनदेखि मुक्तिनाथसम्म विभिन्न ६ स्थानमा ६ चेक प्वाइन्ट रहने र सहभागिलाई अग्रिम जानकारी गराइनेछ ।

पोखरामा नेपाल पर्यटन बोर्डले स्वागत गर्नेछ । पर्वतको कुश्मामा लन्चपछि बेलकी मुस्ताङको लेतेमा त्यस दिनको लागि विश्राम हुनेछ । २१ गते लेतेको बगरमा जिमखाना आयोजना हुनेछ । पहिलो तथा दोस्रो विजेताले इस्ट एसियन जिमखाना प्रतियोगितामा सहभागिता जनाउने छन् । दिउँसो जोमसोममा जिल्ला प्रशासन कार्यालय मुस्ताङले स्वागत गर्नेछ । २ बजे ¥याली मुक्तिनाथमा पुग्ने समय तालिका रहेको छ । बेलुका फेलोसिप कार्यक्रम गरि ¥याली समापन गरिने छ । सहभागिताको लागि ३ हजार रुपैयाँ तोकिएको छ । सहभागिलाई ज्याकेट, टोपी र २ दिनका लागि बस्न खानाको व्यवस्था रहेको छ । ¥यालीको आयोजना पहिलो पटक भएकोले न्यूनतम शुल्कमा अधिकतम मनोरञ्जन प्रदान गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

¥याली आयोजनाका लागि भरतपुर महानगरपािलका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, उद्योग वाणिज्य संघ चितवन तथा जश्मिन पेन्टसले आर्थिक सहयोग गर्ने छ । त्यस्तै एनवाईईएफ चितवन च्याप्टर, चितवन प्युजो गाडीको डिलर ओजोन मोटर्स, टाटा मोटर्सको डिलर सफल मोटर्स तथा इसुजु गाडीको डिलर कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले सहयोगका लागि सम्झौता गरेको आयोजकले जनाएको छ ।
त्यस्तै बैंकिङ पार्टनर प्रभु बैंक र इन्स्योरेन्स पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेका छन् भने म्यागेजिन पार्टनर अटो नेपाल, म्यागेजिन रहने छ । मेकानिकल सपोर्टका लागि एडभान्स अटो केयर तथा उद्योग बाणिज्य संघ चितवन, चितवन रोटरी क्लब र रोटरी क्लब अफ नारायणगढले सहभागिको हुने छन् ।

कोभिड १९ का कारण धरासायी बनेको अटोमोबाइल व्यवसाय विस्तारै गति लिन थालेको छ । अटोमोबाइल व्यवसायी यसअघि पनि विभिन्न अन्तराष्ट्रिय स्तरका ¥यालीमा सहभागिता जनाई सकेको छन् । ३ वर्ष पहिले हिमालयन ड्राइभ ६ मोटर ¥याली सम्पन्न भएको थियो । जसमा भारत तथा भुटानका व्यवसायी सहभागी भएका थिए ।

अर्को बर्ष चितवनदेखि रारा मनाङसम्म मोटर ¥याली गर्ने आयोजकको योजना रहेको छ । व्यवसायिक रुपमा ¥यालीलाई अगाडी बढाउन सके अटोमोबाइलहरुको योगदान बढ्ने छ ।