मोटरहेड ब्राण्डका बाइकको नयाँ मूल्य
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005....)
February 14, 2021

युवा पिढीमा निकै लोकप्रिय मोटरहेड ब्राण्डका स्पोर्टस बाइकहरूको नयाँ मूल्य निर्धारण गरिएको छ । हालसालै मोटरहेड ब्राण्डका बाइक तथा स्पेयर्स पार्टसको थोरै मुल्यबृद्धि भएको नेपालको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले जनाएको छ । स्पोर्टस् रोड भर्सन बाइकको मूल्य ३ लाख ७० हजार रुपैयाँ र स्पोर्टस् अफरोड भर्सन बाइकको नयाँ मूल्य ३ लाख ६८ हजार रुपैयाँ कायम भएको वितरक कम्पनीले जनाएको छ । मोटरहेडका एमएच २०० को मूल्य ३ लाख ७५ हजार रुपैयाँ, टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार रुपैयाँ र स्क्र्याम्ब्लर २५० को मूल्य ४ लाख ५५ हजार रहेको छ ।
यो वाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडको ललितपुरको धोवीघाट, भक्तपुरको सल्लाघारी र काठमाडौंको बालाजूमा आफ्नै सुविधासम्पन्न शोरुम छ । यस्तै काठमाडौंको टेकु र भित्रपार्क सहित देशभर कम्पनीले डिलर नेटवर्ट मार्फत मोटरहेड बाइकको बिक्री, बिक्री पछिको सेवा उपलब्ध गराइरहेको छ । यस्तै गरी काठमाडौं बाहिर बनेपा, नेपालगञ्ज, चितवन, विरेन्द्रनगर, विरगन्ज, तुलसीपुर, पोखरा, इटहरी, बाग्लुङमा कम्पनीले डिलर विस्तार गरिसकेको छ । त्यस्तै बुटवलको योगीकुटीमा नयाँ शोरुम स्थापना हुनलागेको कम्पनीले जनाएको छ ।
यस कम्पनीका जनरल म्यानेजर उज्वल जोशीका अनुसार देशका अन्य मुख्य शहरमा पनि डिलर विस्तार हुनलागेको छ । ग्राहकको सेवालाई ध्यानमा राख्दै कम्पनीले बिर्तामोड, दमक, मिर्चैया, बर्दिबास, हेटौंडा, गोर्खा, दमौली र नुवाकोटका लागि डिलरसिप आह्वान गरेको छ । यस्तै कम्पनीले बिक्री पछिको सेवालाई पनि प्राथमिकतामा राखेको छ । कम्पनीले तुलनात्मक रुपमा आर्कषक ब्राण्डका बाइकहरु सस्तो मूल्यमा नेपाली बजारमा उपलब्ध गराएको जनाएको छ ।