मोटरहेडको पावर पिकअप सब छ, नयाँ वर्ष खास छ अफर सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 12, 2021

नेपालमा मोटरहेड मोटरसाइकल ब्रान्डको लागि आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड प्रालिले नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा पावर पिकअप सब छ, नयाँ वर्ष खास छ नामक नयाँ स्किम ल्याएको छ ।

कम्पनीले सार्वजनिक गरेको स्कीममा ग्राहकले नगद छुट, एक्स्चेन्ज बोनस प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको नयाँ वर्ष स्कीम अन्र्तगत नगदमा मोटरसाइकल खरिद गर्दा १२ हजार रुपैयाँ, एक्सचेन्जमा बजार मूल्य भन्दा १५ हजार थप मूल्याङ्कन र फाइनान्स सुविधामा मोटरसाइकल खरिद गर्दा ८ हजार नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

पावर पिकअप सब छ, नयाँ वर्ष खास छ योजनामा चैत २९ गतेदेखि सुरु भएर वैशाख ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । नेपार भर रहेको मोटरहेडको आधिकारिक सोरुममा स्कीम उपलब्ध रहेको छ ।