मोटरसाइकल दर्ता अब १०० लटबाट
Auto Nepal
October 10, 2018

असोज २४, काठमाडौं । वाग्मती अञ्चलको मोटरसाइकल दर्ता १०० लट कटेको छ । ९९ लट कटेसँगै अब दुई पाङ्ग्रे सवारीको दर्ता १०० बाट अघि बढ्ने भएको छ । ९९ सय लट पुगेर रोकिएको मोटरसाइकल दर्ता प्रक्रिया पुनः शुरु हुन १०० लटबाट शुरु हुने भएको हो ।

मोटरसाइकल १०० लट पुगेसँगै अब के गर्ने भन्ने अन्योल रहेकोमा मोटरसाइकल दर्ता पुनः शुरु गर्ने प्रक्रिया मन्त्रिपरिषदमा पुगेको छ । विभागले यस मोडलमा नयाँ दर्ता गर्ने निर्णय गरी मन्त्रालयमा प्रस्ताव पेश गरिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र अमेरिकाबाट फर्किएपछि गत सोमबार बसेको मन्त्रिपरिषद बैठकमा प्रस्ताव पेस गर्न समय अपुग भएपछि सो निर्णय हुन सकेको थिएन । विभागको प्रस्ताव अनुसार निर्णय भएमा मोटरसाइकल दर्ता प्रक्रिया अब १०० बाट शुरु हुने यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए ।

मुख्य सचिव लोकदर्शन रेग्मीका अनुसार सोमबारको मन्त्रिपरिषदमा समय अपुग भएपछि उक्त प्रस्ताव पेश हुन सकेको थिएन । मन्त्रिपरिषदको अर्को बैठकमा यस विषयको टुङगो लाग्न सक्ने बतार्इको छ ।

यसअघि मोटसाइकलमा प्रयोग गरिने लट नम्बर ९९ नाघेपछि वाग्मतीमा मोटरसाइकल दर्ता रोकिएको थियो । विभागको अनुसार हाल देशभर सवारी साधनको संख्या ३२ लाख पुगेका छ। त्यसमध्ये २५ लाख भन्दा बढी मोटरसाइकल रहेका छन् । वाग्मतीमा मात्रै मोटरसाइकलको संख्या १० लाख पुगेको छ ।