मैले रेसिङलाई विश्व बजारमा लाने सपना देखेको छु
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
January 17, 2021

– रिकेश भण्डारी, अष्ट्रेलिया

रिकेश भण्डारी अष्ट्रेलिया नेशनल रेसिङको ५३ नम्बरको लाइसेन्स प्राप्त अन्र्तराष्ट्रिय रेसर हुन् । त्यस्तै उनी मोटरसाइकल रेसिङ कम्ल्लीएसन अफ वेस्र्टन अष्ट्रेलिया र हिस्टोरिक मोटरसाइकल कम्पिटिसन अफ वेस्र्टन अष्ट्रेलियाको सदस्य पनि हुन् । उनी २०१४ मा अष्ट्रेलिया गएका थिए । त्यही समय नेपालमा रेसमाण्डु शुरु भएको थियो । तर उनको अष्ट्रेलियाको भिजा लागेकोले उनी रेसमाण्डुमा सहभागी नभैकन अष्ट्रेलिया गए । उनले २०१४ देखि २०१७ सम्म अष्ट्रेलियामा पढाइ मात्रै गरे । त्यहाँको ग्य्राजुएट सकेपछी उनले रेसिङ सिक्नको लागी सुरुमा एमभी अगस्ता ८०० किनेर त्यहाँका विभिन्न खालका ट्रेनिङ सुरु गरे । यो उनको सानैदेखीको चाहाना भएकोले उनी नेपाल रहँदा पनि आफ्नै हिसावले रेसिङ गरेका थिए । उनले अष्ट्रेलियामा एक वर्षसम्म तालिम मात्रै लिए । हप्तामा ६ दिन काम गरेर एक दिन तालिम लिनुपर्ने भएकोले उनलाई तालिम लिन पनि निकै कठिन थियो । तालिम शुल्क पनि महंगो थियो । २०१८ मा उनले रेसिङमा सहभागी हुने सोच बनाएर एमभी अगस्तालाई रेसिङ सेटअपमा चेन्ज गरे । त्यसपछी उनले विभिन्न खालका प्रतियोगितामा भाग लिएर राष्ट्रिय, अन्र्तराष्ट्रिय लेभलका रेसरहरुसँग रेसिङ गर्ने मौका पनि पाए । २०१८ को हिस्टोरिक च्याम्पेनसिपको राउण्ड ३ मा कोली मोटर्स रेसमा उनले सिल्भर मेडल पाए । उनले त्यस समय गो मोटो स्टोर रेसिङ टिमबाट सहभागीता जनाएका थिए । रेसिङको क्रममा एकपटक चौथो राउन्डको रेसिङ हँुदा उनको एमभी अगस्थाको इन्जिन पड्कियो र उनले त्यो पछी यामाहा आर ६ किने । यामाहा रेसिङमा एमभी अगस्था भन्दा राम्रो क्लासमा पर्ने बाइक थियो । त्यो बाइक पनि रेसिङ सेट गरेर उनले स्टेट च्याम्पेनसिपमा भाग लिए । सबै प्रतियोगिताको प्रतिस्पर्धा टफ थियो । तथापी उनले २०१९ मा हिस्टोरिकल मोटरसाइकल कम्पनीटिसन अफ वेस्र्टन अष्ट्रेलिया राउण्ड टुमा तेश्रो भए । यो सँगैं उनले अष्ट्रेलियामा २ वटा अवार्ड जिते । उनी यी प्रतियोगितामा पहिलो र दोश्रो हुन सफल भए पनि पहिलो हुन भने पाएका छैनन् । उनी बढी मात्रामा स्टेट च्याम्पेनसिपमा सहभागी भएका छन् । कुनै स्टेट च्याम्पियनसिपमा राम्रो हँुदै गर्दा अर्को बाइकसँग ठोक्किएर उनको वाइक क्र्यास पनि भएको थियो । उनले २०२० को शुरुवातसम्ममा स्टेट च्याम्पेनसिपमा नै भाग लिएर स्पोन्सर खोज्ने आधार पनि बनाएका थिए । उनले टप लेभलका रेसरसँग नियमित रेस गर्ने मौका पनि पाएका थिए । उनीसँग साना साना ३ वटा स्पोन्सरहरु थिए । जसले डिस्काउन्टमा पार्ट्स दिने, क्र्यास हुँदा इन्जिन बनाउने र बाइकको रेसिङ डिजाइन गर्ने काममा सघाएका थिए । उनले अष्ट्रेलियाबाटै अन्र्तराष्ट्रिय खालका प्रतियाेिगतामा जाने र स्पोन्सर खोज्ने वातावारण बनाउदै गर्दा कोरोनाले उनको सोचलाई तत्कालको लागी असफल बनायो ।
उनको बुझाइमा स्पोन्सर विना नेशनल र इन्टरनेश्नल लेभलको रेसमा जाने संभावना हँुदैन । एसियन रोड रेसिङमा जान र अष्टेलियन सुपर भाइस च्याम्पियनसिपमा जान विस्तारै ठुला स्पोन्सर पाउन सकिन्छ । उनको त्यहाँको टिममा पनि १० वटा स्पोन्सरहरु थियो । तर नयाँलाई सबै स्पोन्सर उपलब्ध हुदैन । उनको त्यहाँको टिमले स्पोन्सर गरेका सबै प्रोडक्टलाई राम्रो प्रमोट गरेको थियो । अब उनले केही महिनामा नेपाल आउने र यहीबाट अन्तराष्ट्रिय रेसमा भाग लिने योजना बनाएका छन् । नेपालमा यसको खासै अहिले स्कोप नभए पनि बिस्तारै शुरु भने भएको छ । उनी आफै पनि नेपालमा रेसिङलाई अगाडी बढाउन चाहन्छन् । उनी भन्छन् “नेपालमा रेसिङ भर्खर सुरु भएको छ । रेसिङ ट्र्याक र विभिन्न मापदण्डको अभावमा व्यवस्थित हुन सकेको छैन । रेसिङले कुनै व्यावसायलाई ठुलो मात्रामा प्रमोट गर्न सक्छ भन्ने विषयको ज्ञान यहाँ विकसित भएको छैन । हामी रेसिङ मार्फत नेपालको प्रोडक्टलाई पनि विश्वभर प्रमोट गर्न सक्छौ । म फरक तरिकाले रेसिङलाई नेपालमा प्रमोट गरेर स्पोन्सर खोज्ने वातावण बनाउने छु । स्पोन्सर भए मात्रै रेसिङका विभिन्न खालका खर्च जुटाउन सकिन्छ । मैले ३ वर्षको अवधिमा अष्ट्रेलियामा २५० हजार अष्ट्रेलियन डलर खर्च गरे । परिवारको पनि मलाई पुरा सहयोग भयो । तर व्यक्तिगत खर्चले रेसिङमा सहभागी हुने भन्ने संभव छैन । म नेपाल आएपछी इन्डियामा यामाहा बाइक किनेर त्यतै तालिम गर्नेे, इन्डियन र एसियन लेभलका रेसिङमा सहभागी हुनेछु । नेपालमा पनि म रेसिङ सिकाउने र सिक्ने काम गर्नेछु । नेपालमा यसको उचित वातावरण बनाएर मैले रेसिङलाई विश्व बजारमा लाने सपना देखेको छु ।”