मिस नेपालको अफिसियल कार अल्ट्रोज
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
January 24, 2021

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले मिस नेपालको आयोजक संस्था ‘द हिडन ट्रेजर’लाई टाटा अल्ट्रोज गाडी हस्तान्तरण गरेको छ । केही समय अघि सिप्रदी ट्रेडिङ्ग र द हिडन ट्रेजरबीच टाटा अल्ट्रोज मिस नेपालको अफिसियल कार हुने सम्झौँता भएको थियो ।

उक्त कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा मोटर्सका कन्ट्री म्यानेजर अजित नारायण सिंहको रोहवरमा द हिडन ट्रेजरका प्रतिनिधिहरुलाई टाटा अल्ट्रोज गाडी हस्तान्तरण गरेका हुन् ।

प्रिमियम ह्याचब्याक सेग्मेन्टमा आएको टाटा अल्ट्रोज अहिले बजारमा निकै राम्रो प्रतिक्रिया पाइरहेको कार हो । यसको सुरुवाती मुल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

Photo: Tata Motors Nepal