महिन्द्राको नयाँ एसयूभी सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 9, 2021

महिन्द्रा कम्पनीले विहीबार ट्वीटरमा एक भिडियो सार्वजनिक गर्दै ग्लोबल एसयूवी प्रोजेक्टका नाममा डब्लू ६०१ कोड नाम राखेको थियो । ल्याटेस्ट एसयूवी महिन्द्रा एक्सयूभी ७०० सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । कम्पनीले उक्त एसयूभी सन् २०२२ को अन्त्यसम्ममा बजारमा ल्याउनेगरि तयारी गरिरहेको छ ।

कम्पनीले ल्याउने नयाँ एसयूभी एक्सयूभी ५०० र अल्टुरस जि फोरको बीचको मोडल हुने छ । यद्यपी नयाँ एसयूभी आएसँगै एक्सयूभी ५०० ले निरन्तरता पाउँछ वा पाउँदैन भन्ने विषयमा कम्पनीले खुलाएको छैन ।

कम्पनीले एक्सयूभी ७०० लाई पेट्रोल र डिजेल दुवै इन्जिन अप्सनमा बजारमा ल्याउने भिडियोमा उल्लेख छ । यसमा म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध रहने छ । यो एसयूभीको टप भेरियन्ट अल ह्वील ड्राइभ सिस्टममा आउने कम्पनीले जनाएको हो ।