सम्बन्धीत समाचार
नेपाल सरकारले महँगा सवारीसाधन आयतमा लगाइएको पूर्ण बन्देज हटाएको छ । यसका लागि सरकारले सोमबार राजपत्रमा सूचना प्रकाशन गरेको हो । कोभिड संक्रमण बढेपछि समग्र अर्थतन्त्रमा परेको असरलाई सुधार गर्न र डलर विदेसिन रोक्न आयातमा बन्देज लगाइएको थियो ।
२०७६ चैत्र २४ मा सरकारले निकासी पैठारी नियन्त्रण ऐन २०१३ को दफा ३ को उपदफा १ बमोजिम वस्तु पैठारीमा बन्देज लगाएको थियो । सरकारले लकडाउन लागु संगै ५० हजार अमेरिकी डलर भन्दा बढी मूल्यका सवारी आयातमा रोक लगाएको थियो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले वस्तु आयातमा लगाएको बन्देज फुकुवा गरेको हो ।