भेष्पाको हन्ड्रेड कस्टमर रिक्रियसन राइड सम्पन्न
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 7, 2021

नेपालमा भेष्पाका लागि आधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्स प्रालिले ग्राहकबीच अन्तरक्रिया गराउने, भेहिकलको परफमेन्स र रिभ्यु गर्ने उद्देश्यले हन्ड्रेड कस्टमर रिक्रियसन राइड आयोजना गरेको छ ।

भेष्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटे वीचसम्म आयोजना गरिएको राइडमा युवाहरुको आकर्षण देखिएको थियो । ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड सफल भएको कम्पनीले जनाएको छ । ग्राहकबीच अन्तरक्रिया गराउने, भेहिकलको परफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरेको प्रालिका उपाध्यक्ष विजय महतोले बताए ।

महतोले भेष्पा प्रिमियम प्रडक्ट भएको बताए । भेष्पा ब्राण्डलाई थप परिचित गराउन पनि राइड सफल भएको उनले बताए ।
राइडमा सहभागी सम्पूर्ण ग्राहकहरु खुसी भएको कम्पनीका मार्केटिङ म्यानेजर करुणा पुडासैनीले बताइन् । भेष्पा प्रिमियम प्रडक्टप्रति नेपाली ग्राहकको आकर्षण बढिरहेको उनले दाबी गरिन् ।

भेष्पा राइडमा कम्पनीले मनोरन्जनका लागि थ्री लेग गेम, रोप पुलिङ, क्यारी योर पार्टनर रेस, भलिबल र कम्युनिकेशन ग्याप लगायतका खेलहरु आयोजना गरिएको थियो । खेलमा सहभागी राइडरहरुलाई विभिन्न उपहार समेत प्रदान गरिएको एमभी दुगड ग्रुपले जनाएको छ ।