भीजी इम्पेक्सले ग्रेटवाल मोटर्स ल्याउदै
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
January 8, 2021

विशाल ग्रुप अन्तर्गतको भीजी इम्पेक्स चीनको ग्रेटवाल मोटर्सको नेपालका लागि आधिकारिक वितरक बनेको छ ।

ग्रेटवाल मोटर्सले आफ्नो वेबसाइटमार्फत यसको जानकारी दिएको छ । दुबै कम्पनीले गरेको सम्झौतालाई ग्रेटवाल मोटर्सले ‘क्लाउड साइनिङ’ भनेको छ ।
कोरोना महामारीको समयमा क्लाउड साइनिङ गरिएको कम्पनीको भनाइ छ । सम्झौतामा ग्रेटवाल मोटर्सका तर्फबाट नायव महाप्रबन्धक टोनी सन र बिशाल ग्रुपका तर्फबाट कार्यकारी निर्देशक निकुञ्ज अग्रवालले हस्ताक्षर गरे ।