भारतको सबै भन्दा सस्तो इलेक्ट्रीक साइकल
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005..)
February 11, 2020

प्रायः साइकलको कुरा गर्दा दुई जना सम्म बस्न मिल्ने, प्याडल को मद्दतले मात्र अगी बढ्न मिल्ने साधन बुझिन्छ । तर भारतीय बजारमा यस्तो साइकल आएको छ, जसमा बाइकमा जस्तै फ्रन्ट साइडमा दुई ओटा इंडिगेटर, एउटा हेड ल्याम, पछाडी पनि रेडिएम प्लेट र इंडिगेटर दिइएको छ । यसमा हरन हुनुको साथै डाटा केवल को मद्दतले मोवाइल चार्ज पनि गर्ने सकिन्छ । यसमा बइकहरु मा प्रयोग गरिने ड्रम ब्रेक प्रयोग गरिएको छ । उक्त साइकल एक पटक फूल चार्ज गर्दा ७० किमी. देखी ८० किमी. सम्म रेन्ज दिन्छ । अर्के यसमा भएको बुस्टर प्याडलको मद्दतले साइकल को रेन्ज अझ बढाउन सकिन्छ ।

यसमा फ्रन्टमा २ वटा सक र ब्याक मा ४ वोटा सक भएकोले १५० देखि २०० किजी. सम्मको सामान सजिलै लान र लैजान सकिन्छ । धेरै सामान राख्नु पर्ने स्थितिमा सिटलाई अनफोल्ड पनि गर्ने मिल्छ ।

साइकलको सेफ्टी को कुरा गर्दा यसमा रिमोट को माध्यम बाट यसलाई लक गर्नुहुन्छ भने, कुनै मान्छेले साइकल चलाएको अवस्थामा साइकलमा अलार्म बज्नु को साथै पछाडी को पाङ्ग्रा आफै लक हुन्छ र यसलाई फेरी अनलक गर्न रिमोटको आवश्यक पर्दछ । यसमा ३ वटा चाँबी पाउनु हुन्छ, एउटा साइकल स्टार गर्न, अर्के ब्याट्री लाई झिक्न र पछाडीको पाङ्ग्रा लाई लक गर्न सक्नुहुन्छ ।

यसको ब्याट्री फूल चार्ज गर्न ३ भारु देखि ४ भारु सम्म लाग्ने छ, र यसलाई १५०० चोटी सम्म चार्ज गर्न सक्नु हुन्छ ।