बुधबार डिएफएसके ग्लोरी आईअटो सार्वजनिक हुने
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
March 23, 2021

नेपालमा डिएफएसकेको आधिकारिक विक्रेता कुजु नेपाल प्रालीले ल्याटेस्ट मोडेल ग्लोरी आई अटोको बुधबार सार्वजनिक गर्ने जनाएको छ । नेपालमा पहिलो ७ सीटर इन्टेलिजेन्ट एसयूभी ग्लोरी आई अटो सार्वजनिक गर्ने भएको हो ।

ग्लोरी आई स्मार्टमा १.५ लिटर टर्बो चाज्र्ड पेट्रोल इन्जिन जडान गरिएको छ । १५० पीएस पावर र २२० एनएम टर्क जेनेरेट गर्छ । यस गाडीमा एसयूभी अटोमेटिक गियरबक्सकोे विशेषता रहेको छ । ग्लोरी आई–अटोमा आईटक नामक भ्वाइस कमान्डको प्रयोग गरिएको छ । भ्वाइसबाटै फोन कल एक्सेस, मिडिया कमान्ड, कार कन्ट्रोल, भ्वाइस नेभिगेसन, कनेक्टिभिटी लगायतका विशेषता जडित छ ।

भ्वाइस नेभिगेसनबाट जीपीएस ब्लूटथ, वाइफाई कनेक्सन गर्न लगायत एक सय भन्दा बढी कमान्ड दिन सक्ने कम्पनीको भनाइ छ । यसमा १८ इन्चको आलोय ह्वील, सबै एलइडी लाइट, दुई एग्जस्ट पाइप पानारोमिक सनरुफ तथा रुफरेल सुविधा दिइएको छ । ग्लोवल एनक्याप क्र्यास टेस्टमा ५ स्टार रेटिङ पाएको ग्लोरी आईअटोमा सुरक्षाका लागि अगाडि ४ एयरव्याग र चारै चक्कामा डिस्क ब्रेकको प्रयोग गरिएको छ ।

गाडी चालकलाई सहजताका लागि क्रुज कन्ट्रोल, अटो एसी, क्लाइमेट कन्ट्रोल, ९ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्यासबोर्डमा सफ्ट टच मेटेरियल, उड एक्सेन्टेड मेटेरियल, लेदर सीट कभर, सिक्सवे एट्जस्टेबल ड्राइभर सीट राखिएको छ ।

चीनमा सवारी साधन बनाउने दोस्रो ठूलो कम्पनी डिएफएसके प्रत्येक वर्ष २.७६ मिलियन बढी सवारीसाधन निर्माण गर्छ । डिएफएसके अन्तराष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ र बातावरणीय प्रमाणपत्र १२००० बाट मान्यता पाइसकेको छ । नेपालमा ग्लोरी सिरिजका ५६० र ५८० एसयूभी विक्रि हुँदै छ ।