बीएमडब्ल्यूको पहिलो इलेक्ट्रिक स्पोर्टस कार सार्वजानिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
March 18, 2021

बहु चर्चित जर्मन कार निर्माता कम्पनी बीएमडब्ल्यूले आई ४ इलेक्ट्रिक स्पोर्ट सेडान सार्वजनिक गरेको छ । वार्षिक सम्मेलनमा कम्पनीले इलेक्ट्रिक स्पोर्टस कार सार्वजानिक गरेको हो ।
बीएमडब्ल्यू आई ४ इलेक्ट्रिक ३ डोर ग्रेन कूपे कार हो । जुन यो वर्षको अन्तिममा स्पोर्टी बीएमडब्ल्यू एम परफोमन्स भर्जनमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । इ ड्राइभ ३५, इ ड्राइभ ४० र रेन्ज ट्यापिङ एम ५० गरी ३ पावर भर्जनमा बीएमडब्ल्यू आई ४ उपलब्ध हुनेछ ।
डब्ल्यूएलटीपी चक्रको अनुसार बीएमडब्ल्यू आइ ४ फूल चार्जिङमा करिब ६०० किलोमिटर दुरी पार गर्न सक्ने कम्पनीको दाबी छ । इलेक्ट्रिक सेडानमा दिएको इन्जिन अधिकतम ५३० एचपी पावर जेनेरेट गर्न सक्छ । तर यो कार ४ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको गति लिन सक्छ ।

बीएमडब्ल्यू एजीका बोर्ड अफ म्यानेजमेन्टका सदस्य पीटर पीटरले बीएमडब्ल्यू आई ४ स्पोर्टी लुक्स, क्लास ड्राइभिङ डायनामिक्समा उत्तम रहेको बताएका छन् । यसको केबिनमा १४.९ इन्चको टचस्क्रीन डिस्प्ले र १२.३ इन्चको डिजिटल इन्स्टुमेन्ट क्लस्टर जस्ता विशेषता राखिएको छ ।