बीएमडब्लू सुपर बाइक सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
March 26, 2021

बीएमडब्लू एम १००० आरआर २०२१ को अपडेटेड सुपर बाइक भारतमा सार्वजनिक भएको छ । लग्जरी कार बनाउने चर्चित जर्मन कम्पनी बीएमडब्लूको दुई पाङ्गे सवारी बनाउने इकाई बीएमडब्लू मोटोराड इन्डियाले फ्ल्यागशिप स्पोर्ट सुपर बाइक एम भेरियन्टमा सार्वजनिक गरेको हो ।

दमदार इन्जिन र आकर्षक लुक भएको यो मोटरसाइकल कम्पनीले दुई मोडेलमा सार्वजनिक गरेको छ । बीएमडब्लू मोटोरोडले बीएमडब्लू एम १००० आरआर स्ट्यानडर्ड र बीएमडब्लू एम १००० आरआर कम्पीटिसन भेरियन्टमा ल्याएको छ । यो मोटरसाइकललाई बढी आकर्षक लुक दिन एड्भान्स लेभलको ग्राफिक्स र एक्सटीरियर पेन्टको प्रयोग गरिएको छ । बाइक तीन कलर ह्वाइट, रेसिङ् ब्लू म्याटालिक र रेसिङ रेडमा उपलब्ध छ ।
बीएमडब्लू एम १००० आरआरमा ९९९ सीसी इनलाइन ४ सिलिन्डर वाटर÷ओयल कूल्ड इन्जिन जडान गरिएको छ । यो इन्जिन २१२ एचपीको पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ । एम १००० आरआरमा यो इन्जिनलाई एक हलुका इन्जिन ब्लक, टाइटेनियम वाल्ब र टाइटेनियम कनेक्टिङ रडले बनाइएको छ । यो इन्जनले एस १००० आरआर मोडेलको तुलनामा करीब ५ एचपी बढी पावर दिने उल्लेख छ । कम्पनीको अनुसार यो मोटरसाइकलले ३.१ सेकेन्डमा १०० किलोमीटर प्रतिघण्टाको गति लिन सक्छ । यसको टप स्पीड ३ सय ६ किलोमीटर प्रतिघण्टा रहेको छ । भारतीय बजारमा उपलब्ध एसयूवीको तुलनमा बढी पावरफूल छ ।

यो बाइकमा एम जीपीएस ल्याप ट्रिगर, ट्रभल किट, पिलियन सीट कभर, कार्बन फ्रन्ट र रियर मडगार्ड, कार्वन अपर, कार्बन ट्यांक कवर, एम कार्बन चेन गार्ड र कार्बन स्प्रोकेट कभर, इन्जिन प्रोटेक्टर, ब्रेक लीवर फोल्डिङ, बे्रक लीवर गार्ड, क्लच लीवर फोल्डिङ सिस्टम दिइएको छ । यसमा ६.५ इन्चको मल्टीफन्सनल टीएफटी इन्सुट्रमेन्ट प्यानल र थ्री कोर राइड स्क्रिनको पनि व्यवस्था गरिएको छ । जसले बाइक सम्बन्धि सबै जानकारी दिन्छ । यो बाइकमा रेन, रोड, डाइनामिक र रेस गरी चार ड्राइभिङ मोड दिइएको छ ।

बीएमडब्लू मोटोराड इन्डियाले यो नयाँ स्पोर्ट सुपरबाइकको सीबीयू मार्ग द्धारा भारतमा ल्याइने छ । यो बाइकको भारतमा बीएमडब्लू मोटोराड इन्डिया डीलरशिपमा बुकिङ सुरु भएको छ । बीएमडब्लू बाइकमा पहिलो पटक एम ट्रिटमेन्ट दिइएको हो । यो भन्दा पहिला स्पोट्स कारहरुमा प्रयोग गरिएको थियो ।