बागमती प्रदेशले विद्युतीय बस किन्ने
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 1, 2021

बागमती प्रदेशले चालू आर्थिक वर्षमा ३० वटा विद्युतीय बस र १५ वटा चार्जर खरिदको लागि बुधबार अन्तराष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको छ ।

प्रदेश यातायात संचालन तथा व्यवस्थापन बोर्डमार्फत विद्युतीय बस खरिद प्रक्रिया अघि बढाइएको हो । सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर चार्जिङ स्टेशनको निर्माण कार्य अघि बढेको बोर्डका उपनिर्देशक रविन्द्र महर्जनले बताए ।

बोर्डको कार्यकारी निर्देशक र उपनिर्देशकको नियुक्ति नहुँदा प्रदेशले यसअघि खरिद प्रक्रिया अघि बढाउन सकेको थिएन् । गत फागुनमा बोर्डको निर्देशकमा जगदिशचन्द ढुंगाना र उपनिर्देशकमा रवीन्द्र महर्जन र श्याम सुन्दर सापकोटालाई प्रदेश सरकारले नियुक्ति गरेको छ ।