सम्बन्धीत समाचार
किरण पहाडी
वेबपेज डिजाइनर, संगीतकार
मैले विगत साढे दुई वर्षदेखि सुजुकीको जिक्सर चढिरहेको छु । सर्भिसिङ म समयमै गराउँछु । यसमा लुब्रिकेन्ट कुन हालिन्छ, कुन ग्रेडको हुन्छ मलाई थाहा छैन । तर, म हरेक पटक सर्भिसिङ गर्दा राम्रो लुब्रिकेन्ट हाल भन्छु । मैले बाइक अहिलेसम्म आधिकारिक सर्भिस सेन्टरमा मात्रै सर्भिसिङ गर्न दिएको छु । त्यसैले लुब्रिकेन्टको नाम याद गरेको छैन । मेरो योभन्दा अगाडिको बाइकमा सर्बो र कन्ट्रोल हाल्ने गरेको थियो ।