बजाज पल्सर २५० लन्च हुने
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 7, 2021

फेब्रुअरीमा परीक्षण भएको नयाँ लुक र फिचर सहित नेक्स्ट जेनेरेसन बजाज पल्सर २५० नयाँ लुक्समा सार्वजनिक हुने भएको छ ।

बजाजले पल्सर २५० बाइक एनएस मोडल को जस्तो र साइज ठूलो डिजाइन गरेको छ । उक्त बाइकको हेडलाइट र टेललाइट विशेष रहेको छ । जसले बाइकलाई कम्फर्टेबल बनाएको छ ।

बजाजले हालसम्म १५० सीसी र २२० सीसीको बाइक निर्माण गरेको छ । नेक्स्ट जेनेरेसन पल्सर २५० बाइकमा २५० सीसी एयर कुल्ड इन्जिन समावेश गरिएको छ । इन्जिनले २७ एचपीको पावर र २३.५ एनएमको टर्क जेनेरेट गर्छ ।

कम्पनीले उक्त बाइकमा मोनोसक समावेश गरेको छ । जसलाई सबैभन्दा पहिला नन–एनएस/एनएस पल्सरमा समावेश गरिएको थियो ।मोटरसाइकल सार्वजनिक मिति किटान गरिएको छैन् ।