बजाजको बाइक खरिद गर्दा १० लाख रुपैयाँ जिते
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
April 23, 2021

ओम अटोमोबाइल, जनकपुरबाट बजाजको पल्सर १५० बाइक खरिद गर्दा माछित्जीत्कैया–६, लग्मा निवासी रोशन साफिले ६ वटा शून्य प्राप्त गरी १० लाख रुपैयाँ जितेका छन् ।

बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकहरुका लागि ल्याएको बजाज शून्य अफर अन्तर्गतको स्किमबाट उनले सो पुरस्कार जितेका हुन् ।

हालसम्म अन्य ग्राहकले समेत शून्यबाटै लाखौं लाख जिति सकेका छन् । यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शोरुम वा विक्रेताबाट खरिद गर्नुपनेछ ।
यो योजना अनुसार बजाजका कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा वा एसएमएसमार्फत प्राप्त आफ्नो युनिक कोडलाई विक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएसमार्फत ४ वटादेखि ६ वटासम्म शून्य प्राप्त गरी पूरै १० लाखसम्म जित्न सक्नेछन् ।