फोर्स मोटर्स  र माछापुच्छ्रे बैंकबिच सम्झौता
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005....)
February 14, 2021

माछापुच्छ्रे बैंक लिमिटेड र फोर्स मोटर्सको आधिकारीक बिक्रेता श्री सिद्धार्थ विश्वज्योति मल्टिप्रपोज कम्पनी प्रालिका बिच सम्झौता भएको छ ।
फोर्स मोटर्सका ग्राहकहरुले बजारमा बिक्रि हूर्दै आएका बिभिन्न सेग्मेन्टका सवारीहरुको खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत दरमा सरल तथा छिटो छरीतो रुपमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । उक्त सम्झौता पत्रमा सिद्धार्थ फोर्स मोटर्सको तर्फबाट संस्थाका अध्यक्ष दिनेशमान आमात्य र निर्देशक प्रविनकूमार भारी तथा माछापुच्छे्र बैंकको तर्फ बाट बैंकका लूम्बिनि प्रदेश प्रमूख उज्जवल पाण्डेले हस्ताक्षर गरे । पछिल्लो समय फोर्सको ट्याक्स कू्रजर जिपले राम्रो मार्केट लिएको छ यो कर्मर्शियल भाडा जिप अन्र्तगत सबैभन्दा धेरै सिट क्षमता भएको सवारी पनि रहेको छ साथै पिकअप सेग्मेन्टमा कार्गो किंग तथा प्यासेन्जर मिनि सवारी अन्र्तगत र टि वान तथा टि टु समेत राम्रो मानिएका सवारी हून यि सवारी टूरिजम क्षेत्रमा सबैभन्दा बढि प्रयोगमा आएका सवारी समेत हुन् । लामो समयको वारेन्टि समय देश भरिका बिभिन्न स्थानमा सर्वसूलभ रुपमा स्पेयर्स पाटर्स तथा अनूभवि मेकानिक रहेकोले पनि फोर्स मोटर्सको मार्केट बलियो हूने देखिएको छ ।