फोर्ड विन्टर फेष्ट लविम मलमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
December 25, 2020

फोर्ड गाडीको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले क्रिसमसको उपलक्ष्यमा लविम मलले हरेक वर्ष झै गर्ने हर्षोल्लासमय पर्वमा सहकार्य गर्दै विभिन्न उपहारहरु ग्राहकवर्ग माझ बाड्ने भएको छ ।

ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी फोर्ड इकोस्पोर्ट र फोर्ड फ्रिस्टाइलको टेष्ट ड्राइभको पनि व्यवस्था गरिएको छ । सो उत्सवमा ग्राहकहरुले विभिन्न अद्भुत र आश्चर्यजनक खेल, प्रतियोगिताहरुको साथै यसपाली अलि फरक किसिमको सान्तासँग अन्तरक्रिया गर्ने मौका पनि प्राप्त गर्न सक्नेछन् ।

पहिलादेखि नै हामीले सान्तालाई रातो र सेतो पहिरनमा देख्दै आइरहेको छाँै भने यसपाली लविममा सान्ता नीलो र सेतो पहिरनमा हुनेछ ।

प्रदर्शनी तथा टेष्ट ड्राइभ
सो उत्सवमा ग्राहकवर्गले आफ्नो छनौटको फोर्ड गाडी अवलोकन तथा टेष्ट ड्राइभ गर्न पाउने सुविधाको पनि व्यवस्था गरिएको छ । फोर्ड विक्री प्रतिनिधिले इच्छुक ग्राहक वर्गको लागि विभिन्न फोर्ड गाडीको प्रदर्शन गर्नेछन् ।

फोटो प्रतिस्पर्धा
कम्पनीको डिजिटल प्रचार अन्र्तगत उत्सवमा सहभागीहरुले तल्लो फ्लोरमा रहेको क्रिसमस ट्री (एल जी टी) सँगै फोटो खिची आफ्नो सोसियल मिडिया (पब्लिक पोष्ट) मा निम्न ह्यासट्याग #FORD_WINTER_FEST #FORD NEPAL #LABIM MALL पोष्ट गरी दैनिक आकर्षक उपहार जित्न सक्ने छन् । प्रतिस्पर्धाको विजेताले आकर्षक उपहार एमआई फिट ब्याण्ड प्राप्त गर्नेछन् ।

निलो सान्ता
सान्ता जसलाई रातो र सेतो पहिरनमा देख्छौ । क्रिसमसमा फोर्डले फरक परिदृश्यमा सान्तालाई प्रस्तुत गर्दैछ । सान्ता फोर्डको निलो पृष्ठभूमिमा राम्रो साजसज्जाका साथ प्रस्तुत हुँदै उपहार चकलेट बाँड्दै लविम मलको दर्शकमा प्रेमभाव व्यक्त गर्नेछन् ।