फोर्डको नयाँ इकोस्पोर्ट नेपालमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
March 12, 2021

२७ फागुन, २०७७

नेपालमा लागि फोर्डको आधिकारिक वितरक जिओ अटोमोबाइल्सले भारतमा हालै सार्वजनिक भएको फोर्डको नयाँ गाडी इकोस्पोर्ट एसई भेरिएन्ट नेपालमा समेत उपलब्ध भएको छ ।
फोर्ड ईकोस्पोर्ट एसईको सो नयाँ भेरियन्टमा डिजाइन संकेत अमेरिकी र युरोपेली कम्प्याक्ट एसयुभीबाट लिइएको छ र यसमा पछाडि राखिने चक्का रहने छैन । ‘ग्राहकहरू धेरै भन्दा धेरै विश्वव्यापी डिजाइन बेन्चमार्कलाई पछ्याउँदै र भिन्न एवं अद्वितीय वस्तुको चाहना राख्छन्, जस्तो कि इकोस्पोर्ट,’ फोर्ड इन्डियाका कार्यकारी निर्देशक विनय रैनाले भने, ‘फोर्ड इकोस्पोर्ट एसई आरामदायी हुनुको साथै यसमा प्रयोग गरिएको अभूतपूर्व सुरक्षाको व्यवस्था र सिङ्क–३ जस्तो सबैभन्दा राम्रो प्रविधिले यसको विरासतलाई अझ उचाईमा पु¥याउनेछ ।’

नयाँ सुरुचिपूर्ण डिजाइन भएको टेलगेट, ड्युअल टोन पछाडिको बम्पर जसमा रहेको सिल्भर एप्लिकले यसको बनावटलाई झन आकर्षक बनाएको छ । यसका अलावा यस विशेष संस्करणको इकोस्पोर्टमा बोल्ड लुक्स र ग्रिल, १६ इन्च अलोय ह्विल्, उच्च ग्राउन्ड क्लियरेन्सको विशेषतालाई जोड दिइएको छ, जसले एसयुभी भेरिएन्टलाई अझ बढावा दिने विश्वास गरिएको छ । इकोस्पोर्ट एसईमा राखिएको पन्चर किटले केही मिनेटमै टायर नझिकेरै पन्चर मर्मत गर्न सकिने सुविधा प्रदान गर्नेेछ ।