फोटोनको आकर्षक दसैं अफर
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
October 21, 2020

एमएडब्लू वृद्धि कमर्सियल प्रालि फोटोन गाडीका लागि नेपालको आधिकारिक विक्रेता हो । यसले नेपालमा विभिन्न खालका कमर्सियल गाडी तथा एम्बुलेन्स पनि उपलब्ध गराएको छ । कम्पनीसँग १९ र १६ सिट क्षमताको भ्यान छ भने १५ सिट क्षमताको कार्गो भ्यान छ । त्यसैगरी टुनल्यान्ड इ र टुनल्यान्ड एस गरी दुई मोडलका पिकअपहरू पनि कम्पनीले बेचिरहेको छ । त्यस्तै नेपालमा कम्पनीले एम्बुलेन्स पनि बेचिरहेको छ ।
कम्पनीले १९ सिटको भ्यानमा आकर्षक दसैं अफर ल्याएको छ । जसमा फाइनान्सको सुविधा, १ लाखसम्मको एसेसेरिज र ५ वर्ष सम्मको वारेन्टी रहेको छ । ५ वर्षको ग्यारेन्टीका कारण भ्यान निकै टिकाउ, विश्वसनीय र गुणस्तरीय रहेछ भन्ने विषय प्रमाणित हुन्छ ।
यो भ्यानमा आधुनिक कारमा जस्तै सुविधाहरू छन् । २८०० सिसीको इन्जिन भएको १९ सिटर भ्यानमा क्युमिन्स इन्जिन प्रयोग भएको छ । यसमा ड्राइभर एयरब्याग, फगल्याम्प, रिभर्स क्यामरा, अटो एयर कन्डिसन, इन्टिग्रेटेड म्युजिक सिस्टम, टच स्क्रिनलगायतका सुविधाहरू छन् । यो ब्रान्डका सबै गाडीको पछिल्लो दिनको बिक्री राम्रो छ । गाडी जता बिकेको छ त्यहाँ गाडी निकै बलियो छ भनेर प्रशंसा आएको छ । गाडीको माग पनि निरन्तर भएकाले बिक्री सन्तोषजनक भएको यसका डिजिटल मार्केटिङ म्यानेजर प्रज्वल कार्कीले बताएका छन् ।