फक्सवागनको स्किम ६ लाख रुपैयाँसम्म नगद छुट
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
October 14, 2020

फक्सवागन गाडीको नेपालस्थित आधिकारिक बितरक पूजा इन्टरनेसनल नेपालले दसैं तिहार लक्षित स्किम सार्बजनिक गरेको छ ।
उक्त स्किम अन्तर्गत फक्सवागन पोलोको मूल्य २९ लाख ९० हजार कायम गरिएको छ भने हालसालै सार्वजनिक गरिएको अलस्पेस गाडीमा ६ लाख रुपैयाँसम्म नगद छुट उपलव्ध हुने बताइएको छ । यसअघि पोलो बीएस ४ को मूल्य २९ लाख ४५ हजार रहेकोमा नयाँ पोलो बीएस ६ मोडलको मूल्य २९ लाख ९० हजार तोकिएको हो ।
पोलो फक्सवागनको निकै नै चर्चित ह्याचब्याक कार हो । जेडी पावरले ३ पटकसम्म उत्कृष्ट ह्याचब्याक कारका रुपमा सम्मानित गरेको यो कारले ग्लोबल एनक्यापको सेफ्टी टेष्टमा ४ स्टार रेटिङ हात पारेको छ ।