प्रोटोन गाडी भोलि सार्वजनिक गर्ने
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005)
January 12, 2021

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले भोलि पुस २९ अर्थात जनवरी १३ का दिन भर्चुअल माध्यमबाट प्रोटोन गाडी सार्वजनिक गर्ने घोषणा गरेको छ । मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनलाई नेपालमा निकै नै उत्साहका साथ लिइएको र यसको बहुप्रतीक्षित मोडल ‘प्रोटोन साँगा’ सो अवसरमा लन्च गरिने कम्पनीको भनाइ छ ।

प्रोटोन सागा उत्कृष्ट फिचर्स तथा डिजाइनले भरिपूर्ण र संसारभर एकदमै ज्यादा मात्रामा रुचाइएको सेडान रहेको छ । यसको एक्सटेरियर देखि लिएर इन्टेरियरसम्म सबैको ध्यानाकर्षण गर्न योग्य रहेको छ । यसमा समाहित १.३ लिटरको भीभीटी इन्जिन १२९९ सीसीको रहेको छ जसको पावर क्षमता अरुसँग अतुलनिय रहेको कम्पनीको भनाइ छ ।