प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
October 14, 2020

नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोजको डिजिटल प्रबिधिमार्फत असोज १ गते देखी नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यसै बर्षको शुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले अत्याधिक सकारात्मक प्रतिकृया पाइरहेको छ ।
सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा अल्ट्रोजको सुरुवाती मुल्य रु २९लाख ९९हजार तोकेको छ । साथै सिप्रदीले नेपालभरीका सबै डिलरहरु मार्फत प्रिमियम ह्याचब्याक अल्ट्रोज गाडीको बुकिङ्ग पनि खुल्ला गरेको छ ।
टाटा अल्ट्रोज अल्फा (एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको पहिलो र एकमात्र गाडी हो । यसमा स्ट्राइकिङ्ग डिजाइन, वाइड एरेअफ इण्डष्ट्रिज – फस्ट, ग्लोबल एनक्यापमा फाईभ स्टार सेफ्टी रेटिङ्ग, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ्ग डाइनामिक्स र उत्कृष्ट प्रबिधि रहेका छन ।
गाडीको लन्च गर्दै टाटा मोटर्सका प्यासेन्जर भेहिकल–इन्टरनेसनल बिजनेस हेड श्री सुजन रोय ज्युले भन्नुभयो, “अटोमोटिभ इण्डष्ट्रिजमा गोल्ड स्ट्यान्डर्ड स्थापित गर्दै आजबाट हामीले प्यासेन्जर गाडीको नेपालमा नयाँ अध्यायको सुरुवात गरेका छौं । प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोजले भविष्यमा नयाँ बेन्चमार्क कायम गरी बजार बिस्तारमा सहयोग पु¥याउनेमा हामी ढुक्क छौं । साथै अबका दिनमा अझै सोरुमहरुको बिस्तार गरी नेपालमा नयाँ प्रोडक्ट पोर्टफोलियो बिस्तार गरिनेछ र हामी मागको प्रकृति अनुरुप नयाँ प्रोडक्ट पोर्टफोलियो सार्वजनिक गर्दै जानेछौं ।”

साथै उक्त कार्यक्रममा बोल्नुहुदैँै सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का प्रमूख कार्यकारी अधिकृतश्री राजनबाबु श्रेष्ठ ज्युले भन्नुभयो, “नेपाली बजारमा प्रिमियम क्लास ह्याचब्याक अल्ट्रोज गाडी सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुशी छौं । प्यासेन्जर गाडीको नयाँ जेनेरेसन थप गरी अब हामी अर्को चरणमा प्रवेश गरेका छौं । यो हाम्रो लागि महत्वपूर्ण चरण हो किनकि हामीले नयाँ इन्डष्ट्रिज बेन्चमार्क सेट गरेका छौं । नयाँ मोडलका गाडीहरुले क्लास लिडिङ्ग डिजाइन, सुरक्षित, प्रबिधियुक्त र ड्राइभिङ्ग डाइनामिक्सलाई पुनःपरिभाषित गर्दछ । त्यसैले गर्दा हामी हाम्रा ग्राहकको माग र रुचि अनुसारका नयाँ उत्पादनहरु सार्वजनिक गर्दै लैजानेछौं । ग्राहकको सन्तुष्टि नै हाम्रो प्रमुख उद्देश्य हुनेछ ।”