प्रिमियम ब्रान्ड बीएमडब्ल्युु
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005....)
April 30, 2021

जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय बनिरहेका छन् । आकर्षक डिजाइन, आरामदायी फिचर्स र बलियो तथा मजबुत बनावटका कारण यी बाइक लोकप्रिय बनेका हुन् । प्रिमियम ब्रान्ड बीएमडब्ल्युुले बाइक खरिद पश्चात उपलब्ध गराउने सेवा सुविधा समेत उत्कृष्ट तवरबाट उपलव्ध गराउँदै आइरहेको छ ।
हरेक १० हजार किलोमिटर अर्थात वर्षमा एकपटक फुल सर्भिसिङ गराए पुग्ने र त्यसवापत जम्मा ५५ सय रुपैयाँ खर्च लाग्ने उनले बताए । प्रिमियम बाइकमा सर्भिसिङ समेत कम्पनीले प्रिमियम तवरबाटै उपलव्ध गराउँदै आइरहेको उनको दाबी छ । हाल काठमाण्डौको नक्सालस्थित शोरुम परिसरभित्र यसको अत्याधुनिक र सुविधासम्पन्न सर्भिस सेन्टर सञ्चालनमा छ । बीएमडब्ल्युु नेपाल भित्रिएको २ बर्ष पुग्दै छ । यसको बिक्री हालसम्म २ सय ५० थान नाघिसकेको र ती सबै बाइक समस्यारहित तवरबाट सञ्चालन भइरहेको श्रेष्ठले जिकिर गरे । उनी भन्छन, ‘यदि कुनै समस्या देखिएको खण्डमा कम्पनीले तत्कालै समाधान गर्ने गरेको छ । जेन्युइन स्पेयर पार्ट्स र लुब्रिकेन्ट्स समेत बीएमडब्ल्युु ब्रान्डकै पूर्णतः सिन्थेटिक इन्जिन अयाल प्रयोग गरिने हुँदा सर्भिसिङको गुणस्तरमा राइडर ढुक्क रहन सक्छन् ।’ स्पेयर पार्ट्स स्टकमा पर्याप्त उपलव्ध हुने हुँदा राइडरले कुनै समस्या भोग्नु नपर्ने उनको दाबी छ ।