प्रधानमन्त्रीद्धारा काभ्रेका कुवँर सम्मानित
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
March 31, 2021

बातावरण संरक्षण तथा सरसफाईमा पु¥याएको योगदान वाफत प्रधानमन्त्री केपी शर्मा ओलीले चक्रपथ सरसफाई अभियान संयोजक तारा बहादुर कुँवरलाई सम्मान प्रदान गरेका छन् । रिपोटर्स क्लब नेपालको २३ औँ वाषिकोत्सवका अवसरमा काभ्रेका समाजसेवी कुँवर सम्मानित भएका हुन् ।

वातावरण संरक्षण, मानविय परोकार र पुर्वधार विकासमा पु¥याएको योग्दान उच्च प्रशंसा गर्दै सम्मान गरिएको प्रधानमन्त्री ओलीले बताए ।

विभिन्न ठाउँमा गएर निशुल्क स्वास्थ्य शिविर पनि चलाएका उनले आगलागीबाट विस्थापित भएका चितवनको माडीस्थित सिसौंखोला जंगलमा बस्दै आएका १० घर चेपाङ बस्ती निर्माणको लागि ४१ हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराएका थिए।

रिपोटर्स क्लब नेपालको कार्यक्रममा दर्जन बढी सञ्चारकर्मीलाई पनि पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । एक लाख रुपैयाँ राशिको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार उज्यालो मल्टिमिडियाका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंलाई प्रदान गरिएको थियो ।