प्रतिलिटर २/२ रुपैयाँ बढ्यो इन्धनको मूल्य
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 5, 2021

भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूची अनुसार नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धको मूल्य फेरि बढाएको छ ।

निगमका प्रवक्ता बिनितमणि उपाध्यायले स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढेको बताए । नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल १ सय २० र डिजेल तथा मटितेल १०३ रुपैयाँ कायम गरिएको प्रवक्ता उपाध्यायले बताए ।

मूल्य समायोजन पश्चात् पनि निगमलाई अर्धमासिक ८८ करोड घाटा रहेको जनाएको छ । निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ७ रुपैयाँ ३९ पैसा, डिजेलमा १ रुपैयाँ ९४ पैसा, एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय १८ रुपैयाँ ४७ पैसा घाटा रहेको जनाएको छ । उक्त घाटा रकम मूल्य स्थितरीकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गर्ने उनले बताए ।