प्योर इभी इलेक्ट्रिक स्कुटरको र्याली सम्पन्न
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
March 22, 2021

नेपालमा प्योर इभीको आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले द ग्रिन माइल र्याली शनिबार सम्पन्न गरेको छ । नक्साल काठमाडौंबाट शुरु भएको प्योर इभीको शोरुम र्याली धुलिखेलको धुलिखेल लज रिर्सोट पुगेर अन्त्य भएको थियो ।

र्यालीमा ५० भन्दा बढी इलेक्ट्रिक स्कुटर चालकहरुको सहभागिता रहेको ह्वाइट लोटस मोटर्सका प्रवन्ध निर्देशक अशोक खड्गीले बताए । प्योर इभी फ्ल्यागशिप मोडेल इप्लुटो ७ जी गत वर्ष डिसेम्बरमा लन्च भएको थियो । अप्रिल २०२१ मा नयाँ मोडेल इन्टरान्स एनइओ बिक्री सुरु गर्ने कम्पनीको योजना रहेको उनले बताए ।

इप्लुटो ७ जी २,२०० वाट मोटर, रिमुभेबल ६० भोल्ट ४० एएच लिथियम आयोन ब्याट्री प्रयोग भएको इलेक्ट्रिक स्कुटर हो । ५ घण्टामा फुल चार्ज गर्न सकिन्छ । ६० किलोमीटर प्रति घण्टा तिव्र गतिमा र प्रति चार्ज ११६ किलोमीटर माइलेज दिन्छ ।

पेट्रोलबाट चल्ने स्कुटर भन्दा ब्याट्रीबाट चल्ने स्कुटर प्रयोग गर्दा वार्षिक अनुमानित ५० हजार रुपैयाँ बचत हुने खड्गीले बताए ।

नेपालमा दुई पांग्रे विद्युतीय सवारीले छोटो समयमा नै लोकप्रियता पाएको छ । प्योर इभी स्कुटरहरु नेपालीहरुको उपयोगका लागि सर्वोत्कृष्ट सवारी साधनको रुपमा लिन सकिने उनले बताए ।

प्योर इभी स्कुटरले नेपाल सरकारको नियम अनुसार रोड ओर्डीनेस टेस्त पास गरि दर्ता अनुमति लिन सफल भएको छ । नेपालको ‘क’ वर्गको चार वटा बैंकसँग फाइनान्सिङ सुविधा उपलब्ध छ ।