प्युजो ईभी पुरानैं मूल्यमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
June 16, 2020

प्युजो गाडीहरुको नेपालका लागि आधिकारिक विव्रmेता साँग्रिला मोटर्स प्रा. लि. ले प्युजो पार्टनर इलेक्ट्रिकको नाममा यस्को विव्रmी वितरण गर्दै आएको छ । हाल भएको बजेट भाषणमा इलेक्ट्रिक गाडीको कर दर समायोजनले यी विद्युतिय गाडिहरुको मूल्य बृद्धी हुने निश्चित छ । साँग्रीला मोटर्सले प्युजो पार्टनस् टेपी इभी पूर्व बजेट मूल्य रु ५५ लाखमा विक्री गर्ने भएको छ ।

प्युजो पार्टनर टेपी इभीको विशेषता

प्युजो पार्टनर टेपीमा शक्तिशाली इलेक्ट्रिक ईन्जिन जडान गरिएको छ, जस्ले ६७ एच पी पावर, २०० एन एम टर्क, मात्र ४.२ सेकेन्डमा ३० – ६० कि.मी. प्रति घण्टाको रफ्तार तथा ११० कि. मी. प्रति घण्टासम्म गति लिन सक्छ । त्यस्तै यसमा जडित 22 kWh Li-lon व्याट्रीले एक पटक चार्जमा १७० किमीसम्म गुड्न सक्छ ।
पार्टनर टेपी इभी आरामदायी तथा पूर्ण सुसज्जीत ५ सिटे एम पि भीले वास्तवमै कम खर्चमा स्वचालित हुन्छ । यस्मा भएको पछाडिका सिटहरु छुटाउन मिल्ने, फोल्ड गर्न मिल्ने तथा पूर्ण रुपमा झिक्न मिल्ने खालका छन् । पछाडिको सिटमा ३ जना आरामले सवारी गर्न मिल्छ । साथै सिट पछाडि फोल्ड गरी १३५० लिटरसम्म स्पेस पाउन सकिन्छ ।
सिटहरु झिकी यसले ३००० लिटरसम्म कार्गो÷वुट स्पेस दिन्छ ।
उचाईमा बढी भएको कारण सामान लोड गर्न सजिलो बनाउँछ ।
यसको दुबै साइडमा भएको स्लाइडिङ्ग ढोकाले गर्दा चढ्न सजिलो हुनको साथै टाइट पार्किङ्ग एरियामा पनि पार्क गर्न सजिलो हुन्छ । २०० मिमी ग्राउण्ड क्लियरेन्स भएको कारण कुनै पनि सडकमा गाडिको व्याट्रीले भुइ छोला भन्ने डर नलिई ढुक्क भई चलाउन सकिन्छ । यसलाई तपाईले व्यापारिक प्रयोजन जस्तै ट्रान्सपोर्ट तथा अन्य व्यवसाय जस्तै ट्राभल्स तथा टुर्समा पनि प्रयोग गर्न सकिन्छ ।
सुरक्षित एवियसस ब्रेक असिस्ट तथा पेसेन्जर र ड्राइभरको लागि साइड तथा कर्टेन एयरव्याग स्टाण्डर्डको रुपमा नै फिट गरिएका हुन्छन् । अरु फिचरहरुमा व्रmुज कन्ट्रोल म्यानुअल एअर कन्डिसनिङ्ग तथा लिड डे टाइम रनिङ्ग लाइट्स, टच स्व्रिmन इन्फोटेन्मेन्ट सिस्टम डि ए बी डिचिटल रेडियो तथा रियर भ्यू क्यामरा सहित पार्किङ्ग, सेन्सर अटोमेटिक हेड लाईट्स् तथा रेन–सेसिङ्ग वाइपरस्, यस्को बहु आयामिक पाटो तथा ड्राइभिङ्ग अनुभवले बजेट मितव्ययी सबैको यो उचित रोजाई बनेको छ । यो योजना पूर्व बजेट मूल्यमा स्टक रहुन्जेलसम्म मात्र लागू हुनेछ ।