भिटारा ब्रेजामा ३ लाख ७० हजार छुट
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
July 27, 2020

नेपालका लागि सुजुकी ब्रान्डका कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा नयाँ पावरफुल र स्टाइलिस भिटारा ब्रेजा सार्वजनिक गरेको छ । स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको नयाँ कम्प्याक्ट एसयुभीमा प्रिमियम इन्टेरियरका साथै ‘फस्ट–इन–क्लास’ फिचरहरु रहेका छन् ।
१४६२ सीसीको ‘के–सिरिज’ बीएस६ पेट्रोल इन्जिन जडित भिटारा ब्रेजा ५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको नयाँ कम्प्याक्ट एसयुभी भीएक्सआई र जेडएक्सआई प्लस गरी दुई भेरिएन्टमा उपलब्ध छ ।
नयाँ भिटारा ब्रेजामा सेग्मेन्टमै पहिलो पटक ड्युअल च्याम्बर एलईडी प्रोजेक्टर हेडल्याम्प, अटो फोल्डिङ ओआरभीएम जस्ता फिचर छन् । साथै यसमा १७.७८ सेन्टिमिटरको टचस्क्रिन स्मार्टप्ले स्टुडियो, अटो एसी, भ्वाइस कमान्ड, स्मार्ट की, एलईडी फगल्याम्प, अटो डिमिङ आईआरभीएम, रेन सेन्सिङ वाईपर, क्रुज कन्ट्रोल, डाईमन्ड–कट अलोय ह्विल रहेका छन् ।
नयाँ भिटारा ब्रेजामा सेफ्टी प्याकेजलाई स्ट्यान्डार्डको रुपमा राखिएको छ । स्टेट अफ आर्ट टीईसीटी च्यासिस, ड्युअल एयरब्याग, ईबीडीसहितको एबीएस, पेडेस्ट्रियन प्रोटेक्सन सिस्टम, रिभर्स सेन्सर, आईसोफिक्स चाइल्ड एन्करेज र फोर्स लिमिटर प्रिटेन्सनसहितको सिट बेल्ड पनि स्ट्यान्र्डको रुपमा राखिएको छ ।
पेट्रोल इन्जिनयुक्त भिटारा ब्रेजा भीएक्सआई भेरिएन्टको मूल्य ४१ लाख ६९ हजार र जेडएक्सआई प्लसको मूल्य ४४ लाख ६९ हजार रुपैयाँ छ ।
पहिलो ५० भिटारा ब्रेजा बुकिङ गर्ने ग्राहकलाई बजार मूल्यमा सुरुवाती छुट ३ लाख ७० हजार रुपैयाँ प्रदान गरिने कम्पनीको भनाइ छ ।