पनौती नेपाल र पनौती नेपाल महिला समूहको संयुक्त आयोजना र टोल सुधार समिति, पमाडि टोलको सहयोगमा आयोजित भिन्तुना पनौती पैदल ¥याली ११३९ सफलतापूर्वक सम्पन्न भएको छ ।
भिन्तुना पनौती पैदल ¥याली गर्न सहयोग गर्नु हुने सम्पूर्ण संघ, संस्था, गुठी, समुह, व्यक्ति, महानुभावहरु सम्पूर्णमा हार्दिक धन्यवाद,
विशेष गरी पनौती नगरपालिका कार्यालय, सदा झै यस वर्ष पनि आवश्यक सल्लाह सुझाव र सामाग्री उपलब्ध गराएर सहयोग गर्नु हुने होटल पनौती, स्वागत गेट, व्यानर लगायत सहयोग गर्नु हुने गोर्खा ब्रुअरी कम्पनी, ¥यालीमा उपस्थित महानुभावहरुलाई मसला पोका उपलब्ध गराउनुभएका लायन्स् क्लब अफ पनौतीलाई मुरी मुरी धन्यवाद, साउण्ड सिष्टम सहयोग गर्नु भएकोमा पूर्ण म्युजिक विट्सलाई पनि धन्यवाद दिन चाहन्छौं ।
साथै प्रजापति धिमे बाजा एवं देवी नाच व्यवस्थापन समिति, जाकीडोल लाखे नाच समूह, भैरव नाच भक्तपुर, खैजडी बाजा समूह कुशादेवी, फूल्चोकी नेवा गुठी रयाले, पनौती बोलबम कावरीया संघ, मानेश्वरी गुठी टौखाल, पनौती धिमे मिसा पुचः लगायत उपस्थित र्थिए ।
यहाँहरुकै सल्लाह, सुझाव र सहयोगले गर्दा हरेक वर्ष नेपाल सम्बत्को अवसरमा भिन्तुना ¥याली आयोजना गर्न सफल भएका छौं । र कार्यक्रमलाई पहिलेभन्दा अहिले अझ बढी राम्रो र व्यवस्थित बनाउन सकेका छौं ।
आर्थिक र भौतिक सहयोग गर्नुहुने, विभिन्न झाँकीहरु, बाजाहरु सबैलाई पनौती नेपालको तर्फबाट पूनः धन्यवाद दिन चाहन्छौं र आमागी कार्यक्रमहरुमा पनि यस्तै सहयोगको अपेक्षा राख्दछौं ।
Pictures: पनौती नेपाल