नेपाल भित्रियो लेभ्निङ कम्पनीको स्कुटर
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
March 21, 2021

नेपालका लागि लेभ्निङको आधिकारिक वितरक जम्बो ईको भेहिकलले एक पटक चार्ज गर्दा ८० किलोमिटर गुड्ने नयाँ स्कूटर भित्रिएको हो ।
लेभ्निङका स्कुटरमा पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्रान्डको तुलनामा अब्बल रहेको छ । यसमा प्रयोग भएका पार्ट्स संसारकै उत्कृष्ट कम्पनीका रहेकोले ग्राहकले यसको गुणस्तरको कुनै चिन्ता लिनु नपर्ने कम्पनीका संचालक नारायण गौतमले बताए ।

स्कुटरमा लिथियम आयोजन पोलिमर ई ७ सिरिजको संसारको सबैभन्दा पछिल्लो प्रविधिको सामसुङ ब्याट्री प्रयोग गरिएको छ । स्कुटरमा ड्युअल ब्याट्री अप्सन रहेकोले १६० किलोमिटर सम्मको यात्रा तय गर्न सकिने कम्पनिको दाबी छ ।

लेभ्निङका स्कूटर वातावरण अनुसार उज्यालो दिने एलईडी हेडलाइट, रियर एन्ड फ्रन्ट डिस्क ब्रेक, आईपी ६५ वाटर प्रुफिङ, ब्लुटुथ, किलेस इन्ट्री, सर्च मोड, सेन्सर कन्ट्रोल्ड सिस्टम लगायतका विशेषता रहेको छ ।
कम्पनीले एक्स १ स्कुटरको मूल्य २ लाख ६० हजार, एस ५ स्कुटरको मूल्य २ लाख ९९ हजार ९९९, डी ०६ स्कुटरको मूल्य २ लाख ३५ हजार र एम २० को मूल्य १ लाख ८५ हजार रुपैयाँ तोकेको छ । डबल ब्याट्री राख्न चाहनेले थप ६० हजार रुपैयाँ तिरेर लिन सकिन्छ ।
सुरुवाती चरणमा कम्पनीले काठमाडौं, हेटौंडा, चितवन र बुटवलमा शाखा बिस्तार गरेको छ । कम्पनीले बिक्री पछिको सेवाका लागि स्मार्ट होम सेवा एप्लिकेसनबाट आफ्ना ग्राहकलाई १ घण्टा भित्र सेवा दिने तयारी गरेको छ ।