सम्बन्धीत समाचार
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको ४२ औं साधारण सभा तथा राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । साधारण सभाबाट अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
महासचिव विश्व अर्याल, कोषाध्यक्ष चतुर्भुज सरिया, सचिव हिमाल गैरे, सहसचिव श्याम बुढाथोकी चयन भएका छन् ।
साधारण सभामा नेपालमा पेट्रोल डिलर्सका समस्याबारे विचार विमर्स गरिएको थियो ।
आइतबार आयोजित नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहणमा निर्वाचित अध्यक्ष प्रधानले निगम र व्यवसायीलाई प्रविधिमैत्री बनाउनेतर्फ एसोसिएसनले पहलको काम गर्नेलगायत प्रतिबद्धता जनाए ।