नेपाल आयो नयाँ ब्राण्ड बाइक, आजबाट विक्री सुरु
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
April 7, 2021

इटालियन ब्रान्ड किवेका मोटरसाइल नेपाल नेपालमा आजदेखि बिक्री सुरु भएको छ । बेनेलीको आधिकारिक वितरक केटीएम इन्टरनेशनलले किवे ब्रान्ड नेपाल ल्याएको हो ।

कम्पनीले आधिकारिक विक्री आज बुधबारबाट सुरु गरेको हो । किवेका बाइक विक्री बेनेलीकै शोरुमबाट हुने कम्पनीले जनाएको छ ।

कम्पनीले किवेका दुई मोडल नेपालमा बिक्री सुरु गरेको छ । । सुरुमा किवेका स्ट्रीट र क्रुजर मोडल नेपाल आएको हो । केटीएम इन्टरनेशनलले के लाइट २०० र पाटागोनियन २५० नामक मोटरसाइकल नेपाल ल्याइएको छ ।
के लाइट २०० मा १९७ सीसी सिंगल सिलिन्डर, एयर लिक्वीड कुल्ड, फोर स्ट्रोक इन्जिन रहेको छ । इन्जिनले १२.७ बीएच पावर तथा १३.९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

पाटागोनियन २५० मा २४९ सीसी डबल सिलिन्डर फोर स्ट्रोक, आयल कुल्ड, फोर भल्भ इन्जिन रहेको छ । यो इन्जिनले १७.४ हर्स पावर जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।