नेपाल आउँदै निसान लिफ
Auto Nepal
October 18, 2020

मितीः ०२, कार्तिक २०७७

निसान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले निसानको सर्वाधिक प्रतीक्षित इलेक्ट्रिक कार ‘निसान लिफ’ नेपालमा लन्च गर्ने घोषणा गरेको छ ।

विद्युतीय सवारीमा बिद्यमान करलाई वृद्धि गरिए पश्चात सो गाडीको लन्च कार्यक्रम पूर्व निर्धारित समयमा हुन सकेको थिएन । तर नेपाल सरकारले बिद्युतीय सवारीको करलाई पुनरावलोकन गर्ने व्यवस्था गरेकाले निसानको ‘लिफ’ गाडी २०२१ साल अप्रिलमा लन्च गरिने पायोनियर मोटोकर्पले बताएको छ ।

निसान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ बिद्युतीय गाडी हो र यो गाडी बिद्युतीय गाडीको बजारमा ग्लोबल लिडर पनि बन्न पुगिसकेको छ।

निसान लिफ संसारभर २ लाख ५० हजार युनिटभन्दा बढी बिक्री भैसकेको छ। यस कारणले पनि निसान लिफ आम सर्वसाधारणको सहज पहुँचमा पुग्ने पहिलो बिद्युतीय सवारी बन्न पुगेको छ।